मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपाल’द्वारा तीन स्रष्टा सम्मानित

काठमाडौँ– ‘रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपाल’द्वारा तीन स्रष्टा सम्मानित भएका छन् ।

रामगीता वाङ्मयले काठमाडौँ कालिकास्थानस्थित सर्वनाम नाटकघरमा बुधवार गरिएको समारोहमा वरिष्ठ नाट्यकर्मी हरिहर शर्मा, वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल र रेडियोकर्मी अच्युत घिमिरे बुलबुललाई क्रमशः ‘अशेष मल्ल–सावित्री नाट्यकर्म पुरस्कार’ ‘प्रतीक ढकाल–लक्ष्मी सर्वाेत्तम कृति पुरस्कार’ र ‘रामगीता प्रोत्साहन पुरस्कार’ अर्पण गरेको हो ।

डा.विमललाई उनको भरखरै प्रकाशित कृति ‘सरबरिया टोल’ का लागि सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी शर्मा र विमललाई ५०/५० हजार रुपैयाँ र घिमिरेलाई २५ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो ।

तीनै जनालाई पुरस्कार स्थापित गरेका व्यक्तित्वहरु अशेष मल्ल, सावित्री मल्ल कक्षपति र प्रतीक ढकाल तथा अर्का पुरस्कार संस्थापक राम खत्री र साहित्यकार गीता खत्रीले संयुक्त रुपमा पुरस्कारहरु अर्पण गरे । महेश पौड्यालले सम्मानीत स्रष्टाको बारेमा संक्षिप्त परिचय दिएका थिए ।

पुरस्कार हस्तान्तरणपछि बोल्दै कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी यादव खरेलले परम्परागत रुपमा पुरस्कार राख्ने परम्परा भन्दा यो फरक रहेको भन्दै प्रशंसा गरे ।

साहित्यकार खत्रीले चार वर्ष अघि नै यो पुरस्कार स्थापना गर्ने सोच आएको सुनाइन् । दुई वर्ष अघि स्थापना भएर अहिले पुरस्कार वितरण गर्न सफल भएकामा उनले खुसी व्यक्त गरिन् ।

नाट्यकर्मी मल्लले अरु नाटककार जन्माएको र प्रतीक ढकालले नेपालको हिमालको बारेमा लेखेर विश्वलाई परिचित गराएकोले उनीहरुको नाममा पुरस्कार स्थापना गरिएको उनले बताइन् ।

प्रा.डा. सावित्री मल्ल कक्षपतिले ज्यूँदा व्यक्ति त्यो पनि दम्पत्तिको नै नामबाट पुरस्कार स्थापना गर्ने कार्य विश्वमा नै यो पहिलो भएको सुनाइन् । मान्छे ज्यूँदो रहँदा नै उसका कर्मका बारेमा सम्मान गर्ने यो प्रचलनको शुरुवात गर्ने सत्कर्मको सबैले प्रशंसा गरे ।

कार्यक्रममा संरक्षक कमलबहादुर खड्का र मखमली खड्का अनेसासकी उपाध्यक्ष डा.रेणुका सोलु लगायतको उपस्थित थियो । सोलुले उपस्थित सबैलाई स्वागतसहित संस्था र संस्थापक राम—गीताको बारेमा चर्चा गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?