मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दुबईमा कन्सर्ट गर्दै ‘मंगोलियन हार्ट’

काठमाडौँ – चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ ले युएइको दुबईमा कन्सर्ट गर्ने भएको छ।

नेपालीको लगानीमा युएईस्थित बरदुबईमा खुलेको नाइट क्लब एस के सेभेनको उद्घाटनको अवसरमा ब्यान्डले कन्सर्ट गर्ने भएको हो।

कन्सर्ट आगामी शनिबार अर्थात मे ४ तारिखका दिन हुने ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाले जानकारी दिए ।  

लोक, स्लो रक, पप मेलोडी सङ्गीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गितारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्। 

गायक राजु लामा फ्रन्ट म्यान रहेको यो ब्यान्डले सो अवसरमा आफ्ना लोकप्रिय पुराना गीतहरू प्रस्तुत गर्ने तयारी छ। युएईमा पछिल्लो एक वर्षमा मंगोलियन हार्टको यो तेस्रो कन्सर्ट हो। युएईमा दर्शकहरूको माग बढी भएका कारण तेस्रो पटक कन्सर्ट भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?