मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घामबाट घर फर्किएपछि तत्काल गनु हुँदैन यी कामहरु

काठमाडाैँ- वैशाखको पहिलो हप्तादेखि बढेको गर्मीले देशका विभिन्न स्थानको जनजीवन कष्टकर बनेको छ ।

खासगरी तराईमा अधिकांश भूभागमा तातो हावा तथा प्रचण्ड गर्मीका कारण मानिसहरु बिरामी नै पर्न थालेका छन् । यसैबीच हामी चर्को घामबाट घर भित्र पसेपछि केही गल्ती गरिरहेका हुन्छौं, जसले हाम्रो स्वास्थ्यलाई नोक्सान पुर्‍याइरहेकाे हुन्छ ।

घामबाट घर फर्किएपछि गर्न नहुने पाँच गल्तीहरु यसप्रकार छन् ।

तुरुन्त चिसो पानी पिउनु
घामबाट घर फर्किनासाथ तुरुन्त चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले शरीरको तापक्रम अचानक घट्छ । जसले रुघाखोकी, घाँटी खस्खसाउने जस्ता विभिन्न समस्या हुन्छ । त्यसैले घामबाट घर फर्किएपछि केही समय आराम गरेर मात्र साधारण पानी पिउनुपर्छ ।

तुरुन्तै नुहाउनु

घामबाट घर फर्किना साथ तुरुन्तै नुहाउनु पनि स्वास्थ्यका लागि राम्रो मानिँदैन । यसले शरीरको तापक्रम अचानक परिवर्तन हुन्छ, जसले शरीरलाई नोक्सानी पु¥याउँछ । त्यसैले घामबाट घर फर्किएको कम्तिमा १५ देखि २० मिनेट आराम गरेपछि मात्र नुहाउनु पर्छ ।

तुरुन्तै एसीमा बस्नु

घामबाट घर फर्किना साथ तुरुन्तै एसीमा बस्नु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले शरीरको तापक्रम अचानक घट्छ । जसले गर्दा रुघाखोकि, घाँटी खस्खसाउनु र ज्वरो आउने जस्ता समस्या हुन्छ । त्यसैले घामबाट घर फर्किएको कम्तिमा ३० मिनेट पछि मात्र एसीमा बस्नुपर्छ ।

तुरुन्त खाना खानु

घामबाट घर फर्किनासाथ तुरुन्त खाना खानु पनि स्वास्थ्यका लागि राम्रो मानिँदैन । यसले शरीरलाई भोजन पचाउन समस्या हुन्छ । त्यसैले घामबाट घर फर्किएपछि कम्तिमा ३० मिनेट आराम गरेपछि मात्र खाना खानुपर्छ ।

तुरुन्त सुत्नु

घामबाट घर फर्किनासाथ तुरुन्त सुत्नाले पनि स्वास्थ्यलाई नोक्सानी पुर्‍याउँछ । यसले शरीरलाई आराम गर्न समस्या हुन्छ । त्यसैले घामबाट घर फर्किएको कम्तिमा एक घण्टापछि मात्र सुत्नुपर्छ । यसकारण घामबाट घर फर्किनासाथ शरीर गर्न र तापक्रमलाई सामान्य बनाउन समय दिनुपर्छ । यसले गर्दा तपाई स्वास्थ्य र ताजा रहनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?