मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ताली बजाउनुका यती धेरै फाइदा

सामान्यतः मानिस खुसी हुँदा वा कसैलाई प्रोत्साहित गर्दा ताली बजाउँछौँ । तर, तालीले मुटु, दम, फोक्सो, ग्यास्ट्रिक, मानसिक बेचैनी, टाउको दुख्नेजस्ता समस्यामा छुट्कारा पाउन सहयोग गर्दछ । पत्यार नलाग्ला, ताली बजाउनु स्वास्थ्यकालागि निकै लाभदायी मानिन्छ ।

यस्ता छन् ताली बजाउनुका फाइदाहरू :
१. ताली बजाउँदा पाचन समस्या भएकाहरूले समेत लाभ पाउँछन् । यसकालागि दाहिने हातका चार औँलामा जोड पर्नुपर्छ । बिहान उठ्ने बित्तिकै कम्तीमा १५ मिनेट ताली बजाउँदा पाचन समस्यामा सुधार पाउन सकिन्छ ।

२. दैनिक १५ देखि २० मिनेटसम्म औँलाले औँलामा जोड पर्ने गरी ताली बजाउँदा ढाड, घाँटी, जोर्नी दुख्नेहरूमा विशेष लाभ मिल्दछ ।

३. न्यून रक्तचापको समस्या भएकाले सिधा भएर उभिने र हात हावामा माथि उठाएर ताली बजाउँदा यो समस्याबाट छुट्कारा मिल्दछ ।

४. कुनै व्यक्ति मुटु र फोक्सो सम्बन्धी समस्याबाट पीडित छ भने उसालागि ताली सही उपचार हुनसक्छ । यसले मुख्य र सहायक धमनीमा भएका अवरोध हटाउँछ र स्वस्थ पार्छ ।

५. तालीले मानिसमा रोग प्रतिरोधी क्षमतामा पनि वृद्धि गर्दछ । साथै कुनै पनि रोगसँग लड्न सक्ने बनाउँछ ।

स्मरण रहोस् ताली बजाउँदा यसले रगतको प्रवाहलाई सुचारु गर्न मद्दत गर्छ । तर, खाना खाएको एक घण्टापछि मात्र ताली बजाउनु राम्रो हुन्छ । साथै राम्रो परिणाम पाउनु छ भने हातमा नरिवलको या तोरीको तेल लगाउनु पर्दछ, ताकि शरीरले यो तेल सोस्न सकोस् । ताली एक्युप्रेसरको एउटा रूप भएकाले कुनै गम्भीर रोग छ भने चिकित्सकको जानु नै वेश हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?