मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इतिहास, प्रकृति र सांस्कृतिक सम्पदा झल्काउने कलाकृति प्रदर्शनी

काठमाडौँ– इतिहास, प्रकृति र सांस्कृतिक सम्पदा झल्काउने कलाकृतिहरु यतिबेला बालाजुस्थित शशीज आर्ट ग्यालरीमा प्रदर्शन भइरहेको छ ।

बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्रचार्य, अग्रज कलाकार किरण मानन्धर, राधेश्याम मुल्मी लगायतको उपस्थितिमा शनिवारदेखि प्रर्दशनी शुरु गरिएको हो ।

‘अ ग्लिम्स अफ एज’ शीर्षकमा शुरु गरिएको सामुहिक कला प्रदर्शनीमा प्रकृति, धर्म, मानव र इतिहासका कुराहरुलाई कलाकारहरु सम्झना राजभण्डारी, शोभा वैद्य र बालकलाकार सान्भी जोशीले खोतल्ने प्रयास गरेका छन् ।

प्रदर्शनीमा कलाकार राजभण्डारीले आधा शताब्दी पुरानो नेपाली मुद्रालाई प्रिन्ट कलामा उतारेकी छिन् । त्यस्तै वैद्यले गणेश र धार्मिक सांस्कृतिक सम्पदालाई कलामा देखाएकी छिन् भने जोशीले मानवीय अभिव्यक्तिलाई पोखेकी छिन् ।

प्रदर्शनी वैशाख २९ गतेसम्म जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?