मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रभु बैंकको साधारण सभा आज बस्दै

काठमाडौं – प्रभु बैङ्कको बिहीबार ९आज० वार्षिक साधारण सभा बस्दै छ । प्रभु बैंकले लाभांश प्रस्ताव बिना नै साधारण सभा बोलाएको हो ।

प्रभु बैङ्कको वार्षिक साधारण सभा बैङ्कको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौँमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरण लगायत विषयमा छलफल गरी पारित गर्नेछ । 

सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि वैशाख ४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख ३ गतेसम्म कायम रहने सेयर धनीले मात्र सभामा भाग लिन सक्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?