तातोपानीमा कागती र मह मिसाएर खाने प्रचलन धेरै छ । होटल रेस्टुराँहरूमा धेरैले ‘हटलेमन’ मा मह मिसाएर पिउने गरेको पाइन्छ । तर महलाई तताएर खानु स्वास्थ्यका लागि निकै हानिकारक रहेको चिकित्सकको भनाइ छ ।
तातोपानीमा मह र कागती मिसाएर खाँदा विशेषगरी छालाको समस्या हुन्छ । ‘ढिलाचाँडो विभिन्न समस्या देखिन्छन् । विशेषगरी छालाको समस्याहरू बढी मात्रामा देखिने छालारोग विशेषज्ञ बताउँछन् ।
औषधिका रूपमा तातोपानीमै मह मिसाएर खानु परेमा सेलाएर मनतातो भएपछि मात्र मह मिसाउन डा. को सुझाव छ । तातोपानीसँग हामीले खानु नै पर्छ भने जहिले पनि उम्लेको पानीलाई सेलाएर त्यो मनतातो भएपछि मात्रै मह मिलाउने बानी गर्नुपर्छ ।
मौरीले विषालु फूलको रससमेत महका लागि जम्मा गर्ने भएकाले शुद्ध मह तातोपानीमा मिसाएर खाँदा नकारात्मक असर पर्छ । कतिपयले दशकौँदेखि तातोपानीमा मह मिसाएर खाँदा पनि कुनै असर देखिँदैन भने मह शुद्ध छैन भन्ने बुझ्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया