मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टी-२० विश्वकप खेल्ने ओमान टिमको घोषणा

काठमाडौँ – ओमानले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि ओमानले आकिब इलियासको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । ओमानले विश्वकपमा जिशानको ठाउमा इलियासलाई कप्तान बनाएको छ ।

विश्वकप खेल्ने ओमानको टोलीमा आकिब इलियास ‘कप्तान’, जिशान मकसुद, कश्यप प्रजापति, प्रतीक आठवले ‘विकेट’, अयान खान, शोएब खान, मोहम्मद नदीम, नसीम खुशी ‘विकेट’, मेहरान खान, बिलाल खान, रफिउल्लाह, कलीमुल्लाह, फय्याज बट, शकील अहमद रहेका छन् । त्यस्तै रिजर्व खेलाडीमा जतिन्दर सिंह, समय श्रीवास्तव, सुफयान महमूद र जय ओडेद्रा रहेका छन् ।

ओमान विश्वकपको समुह बी मा रहेको छ । यस समुहमा ओमानसहित इङल्याण्ड, अस्ट्रेलिया, नामिबिया र स्कटल्याण्ड रहेका छन् । ओमानले पहिलो खेल जुन २ मा नामिबियासँग खेल्ने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?