मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

काठमाडौँ– क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने भएको छ ।

आईपीओ निष्कासनका लागि यस कम्पनीले बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटललाई नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौतापत्रमा क्रेष्ट माइक्रो लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र एनआइएमबि एसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका हुन् ।

यसैगरी, कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता शेयर जारी गर्न लागेको हो । यसले १ सय अंकित मूल्यमा आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीमा संयुक्त लगानीकर्ताहरुमा नेपाली प्रतिष्ठित व्यवसायी समूहहरुको संस्थापक लगानी ७० प्रतिशत रहेको छ र यस सार्वजनिक निष्काशन पश्चात् सर्वसाधारण लगानीकर्ताहरुको लगानी ३० प्रतिशत रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?