मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जनसांस्कृतिक महासंघ बागमती प्रदेशको अध्यक्षमा सेलाे गायक दोङ निर्वाचित

काठमाडाैँ- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघ नेपाल बागमती प्रदेशको अध्यक्षमा सेलाे गायक तथा सङ्गीतकार विश्व दोङ निर्वाचित भएका छन् ।

दोङ जनसाँस्कृतिक महासंघ नेपाल बागमती प्रदेशको अध्यक्षमा दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । पेरिसडाँडामा सोमवार सम्पन्न दोस्रो सम्मेलनले दोङको अध्यक्षतामा ५५ सदस्यीय प्रदेश कमिटि सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै, प्रदेश कमिटिको उपाध्यक्षमा पूजा श्रेष्ठ र चम्पा लामा, सचिवमा काजीमान थिङ सह–सचिवमा सुशीला खड्का, सचिवमा मनोज बल र कोषाध्यक्षमा कमला दोङ सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरुमा निर्मल मोक्तान, छिरिङ तामाङ, रिजन थिङ लामा, रादिप सुनुवार, शिव हरि फुयाँल, विजय दोङ, शारदा पौडेल, हेमन्त रुम्बा, विराज थपाेलिया लगायत चयन भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज अग्नि प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका प्रतिनिधि र परिवेक्षकहरु सहभागीता रहेको थियो ।

सम्मेलनमा जनकलाकार, लेखक, ललितकला, चलचित्र , नाट्य लगायतको क्षेत्रका व्यक्तित्वहरुकाे उपस्थितिमा प्रदेशका अङ्गिक सङ्गठनकाे गठन समेत गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?