ब्रसेल्स– युरोपेली आयोग (ईयू) ले सामाजिक सञ्जालको विशाल कम्पनी मेटाविरुद्ध गलत सूचना फैलाएको भन्दै अनुसन्धान थालेको छ ।
ईयूले मङ्गलवारबाट फेसबूक र इन्स्टाग्रामको अपरेटरमाथि अनुसन्धानको घोषणा गरेको हो ।
अमेरिकी कम्पनीले ब्लकको अनलाइन सामग्री नियमहरू उल्लङ्घन गरेको आशंका गरेपछि सो अनुसन्धान शुरू गरेको हो । ब्रसेल्सले जुनमा ईयूको चुनाव हुनुअघि गलत सूचनालाई रोक्नका लागि आफ्नो प्रयास बढाएको जनाएको छ।
आयोगका अनुसार सामग्रीको मध्यस्थतामा मेटाको प्रयासहरू अपर्याप्त र भ्रामक विज्ञापन र विकृतिलाई सम्बोधन गर्न असफल भएको बताएको छ ।
डिजिटल सेवा ऐन जुन गत वर्ष प्रभावकारी रूपमा कार्यान्वयन आएको थियो । बिग टेकलाई सामाजिक मिडिया प्लेटफर्महरूमा गैरकानूनी र हानिकारक सामग्रीहरू रोक्न थप गर्न आवश्यक रहेको जनाएको छ ।
‘हामीलाई शंका छ कि मेटाको मध्यस्थता अपर्याप्त छ, यसले विज्ञापन र सामग्री मध्यस्थता प्रक्रियाहरूको पारदर्शिताको अभाव छ,’ ईयू डिजिटल प्रमुख मार्गरेट वेस्टेजरले एक विज्ञप्तिमार्फत भने।
‘त्यसैले आज हामीले डिजिटल सेवा ऐनसँग उनीहरूको अनुपालनको मूल्याङ्कन गर्न मेट विरुद्ध कारवाही खोलेका छौं,’ उनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया