मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् पेट दुख्ने समस्या निराकरणका घरेलु उपाय

१. तुलसी
तुलसी एक यस्तो विरुवा हो जसलाई धर्तीमा अमृत भन्ने गरिन्छ । तुलसीको सेवनले शरीरमा भएका अनेक रोगहरु निको हुने गर्छ । पेट दुखाईको लागि पनि तुलसी निकै नै लाभकारी मानिन्छ ।

मात्र १ चम्चा तुलसीको रस पिउनाले पेट दुखाई निको हुने र पेट बटारेको पनि निको हुन्छ । तुलसीको पातलाई काढा बनाएर पिउनाले झाडापखाला र कब्जियत जस्ता समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ । तुलसीको ४ वटा पातलाई नियमित सेवन गर्नाले विभिन्न प्रकारका समस्याबाट राहत पाउन सकिन्छ ।

२. त्रिफला
अनियमित खानपान बढ्दो फास्ट फूड खाने चलनका कारण मानिसमा कब्जियतको समस्या निकै नै बढि देखिन थालेको छ । त्रिफला आयुर्वेदको अनमोल उपहार हो । त्रिफलाले कब्जियतको समस्यामा निकै नै फाइदा पुर्याउँछ ।

त्रिफला तीन जडिबुटिको मिश्रणले बन्छ । त्रिफलाको एक सय ग्राम चूर्ण र ६० ग्राम चिनी मिसाएर दिनमा दुई पटक सेवन गर्नाले पेटको सबै समस्याबाट राहत पाउन सकिन्छ ।

३. बेथे
अहिले जाडो मौसम चलिरहेको छ । यो मौसममा बेथेको साग सजिलै बजारमा पाउन सकिन्छ । बेथेको साग पनि पेटको समस्यामा रामवाण मानिन्छ ।

यसले आमाशयमा शक्ति प्रदान गर्छ । कब्जियतको समस्यामा राहत दिलाउँछ । बेथेको सागले पेट सँग सम्बन्धित समस्याबाट छुट्कारा दिलाउनुका साथै शरीरलाई शक्ति पनि प्रदान गर्ने काम गर्छ ।

शरीरमा फुर्ति पनि रहिरहन्छ । बेथेको रस, उमालेको सागको पानी पिउनाले पनि पेट सँग सम्बन्धित सबै प्रकारका रोग, ग्यास्ट्रिक, दुखाई, कब्जियत, निको हुन्छ ।

४.सौंफ

सौंफको प्रयोग प्रायःजसो खाना खाइसकेपछि गर्ने गरिन्छ । खाना खाइसकेपछि मुख गन्हाउने समस्याबाट राहत पाउनका लागि सौंफ खाने गरिन्छ । तर, सौंफको फाइदाबारे जानेर तपाईं आश्चर्यमा पर्न सक्नु हुन्छ ।

सौंफको सेवनले पेटको समस्यामा राहत दिलाउनुका साथै यसले हाम्रो शरीरमा अन्य फाइदा पनि पुर्याउँछ । सौंफलाई मसालाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसलाई पानीमा उमालेर सेलाएर पानी पिउनु बढि फाइदाजनक हुन्छ ।

दिनमा तिन पटक उक्त मिश्रण पिउनाले अपच र कफको समस्याबाट छुट्कारा पाउन सकिन्छ । त्यति मात्र नभई पेट दुखेको अवस्थामा सौंफलाई भुटेर चपाएर खानाले पेट दुखाई निको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?