मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रसुवामा बढ्यो सम्बन्ध विच्छेदका घटना

रसुवा – गत आर्थिक वर्षको तुलनामा चालु आवमा रसुवामा सम्बन्ध विच्छेदका घटना बढेका छन् । 

गत आवमा रसुवा जिल्ला अदालतमा ४५ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा चालु आवको नौ महिनामा ८१ वटा त्यस्ता मुद्दा परेका छन् । 

जिल्ला अदालतका श्रेस्तेदार मुना अधिकारीका अनुसार आव २०७७/७८ मा २९, २०७८/७९ मा ३६ र आव २०७९/८० मा ४५ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । 

अधिकांश सम्बन्धविच्छेद मुद्दा श्रीमतीले दायर गरेका छन् भने केही पुरुषले दर्ता गराएका छन् । वैदेशिक रोजगारीमा गएका महिला तथा पुरुषबाट नै अधिकांश मुद्दा दर्ता भएका छन् । 

यसैबिच, रसुवाबाट चालु आवमा एक हजार दुई सय जनाले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सहज रूपमा राहदानीलगायत सेवा प्रवाह गरिएको जनाएको छ । राहदानी जारी गरेबापत राज्यकोषमा रु छ लाख दाखिला भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?