काठमाडौँ – बहुप्रतिक्षित फिल्म ‘कान्ताराः च्याप्टर १’ फ्लोरमा जाने भएको छ । पछिल्लो अपडेट अनुसार एक साताभित्र फिल्मको छायाङ्कन शुरु हुँदै छ । यसको २० दिनको तालिका छ।
यस कार्यक्रममा टोलीले जङ्गलमा अत्यावश्यक भागको छायाङ्कन गर्नेछ र फिल्मको कथासँग मेल खाने कुन्दपुराको तटीय क्षेत्रमा यो फिल्मको छायाङ्कन हुनेछ ।
२०० गुणा २०० फिटको विशाल सेट निर्माण गरिएको छ र कुन्दपुरा बनाउन मुम्बई, बेंगलुरु र हैदरावादबाट ६०० सिकर्मी र स्टन्ट मास्टरहरू भाडामा लिइएको छन्।
साथै, सेट बनाउनु अघि फाइनल कलाकारहरूलाई कडा प्रशिक्षण सत्र दिइदैँछ । यो फिल्मलाई मुख्य अभिनेताका रूपमा रहेका ऋषभ शेट्टीले निर्देशन गर्ने छन् । यसको सङ्गीत अजनीश लोकनाथले दिएका छन् भने छायाङ्कन अरविन्द कश्यपले गरिरहेका छन् ।
फ्रेन्चाइजको पहिलो फिल्म ‘कान्ताराः अ लिजेण्ड’ ले दर्शकलाई यसअघि कहिल्यै नदेखेको अविस्मरणीय सिनेम्याटिक अनुभव प्रदान गरेको कुरालाई नकार्न सकिँदैन ।
फिल्मको नाटकीय अनुभव दर्शकको हृदय र सम्झनामा सधैंभरि रह्यो र जब ऋषभ शेट्टी र होम्बल फिल्म्सले सिक्वेल ‘कान्ताराः च्याप्टर १’ घोषणा गरे, अर्को भव्य नाटकीय अनुभव गर्नका लागि दर्शकहरू उत्साहित देखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया