मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘बोक्सीको घर’ को आक्रामक व्यापार, चार दिनको कमाइ कति?

काठमाडौँ– केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ ले थिएटरमा उत्साहजनक व्यापार गरेको छ । गत शुक्रवारदेखि प्रदर्शनमा आएको यो फिल्मले दर्शकको उल्लेख्य साथ पाएको निर्माण टिमले बताएको छ ।

फिल्म हेरेका दर्शकको तारिफले यो फिल्मको क्रेज बढेको छ । समीक्षकले समेत तारिफ गरेको यो फिल्म ग्रामीण भेगमा बोक्सीका नाममा महिला हिंसाको कथामा आधारित छ ।

यो फिल्म प्रदर्शनमा आएर उत्साहजनक ओपनिङ गरेसँगै ‘स्टारडम’ नभएका फिल्म पनि हिट हुन्छन् भन्ने विषयमा बहस समेत सिर्जना भएको छ । फिल्मको सशक्त पक्ष यसको मेकिङ र स्किृप्ट हो ।

मल्टिस्टारर फिल्महरू समेत फ्लप भइरहेको यो समयमा ‘बोक्सीको घर’ को कमाइले अन्य मेकरलाई समेत स्क्रिप्ट राम्रो हुनुपर्ने रहेछ भन्ने पारेको छ ।

यो फिल्मले मल्टिस्टारर फिल्मको भन्दा पनि राम्रो ओपनिङ दाबी गरेको छ ।सुलक्षण भारतीको कथा, पटकथा र निर्देशन रहेको यो फिल्मको दर्शकले खुलेर तारिफ गरेका छन् । वि.सं. २०७३ सालमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ को कथामा फिल्म निर्माण गरिएको हो ।

केकीले यो फिल्म निर्माणमा झण्डै ३ वर्ष लागेको बताएकी थिइन् । यसअघि बिहीवार फिल्मको प्रिमियर शो राखिएको थियो । प्रिमियरमा फिल्म हेरेका कलाकार, फिल्म समीक्षक र पत्रकारले पनि फिल्मको स्किृप्ट संरचना बलियो भएको प्रतिक्रिया दिएका थिए ।

यो फिल्मले प्रदर्शनको चार दिनमा ३ करोड २४ लाखको ग्रस कलेक्सन गरेको वितरक कम्पनी टी फल्कले जनाएको छ ।

फिल्मको प्रतिक्रिया बुझ्न निर्माण टिम काठमाडौँका विभिन्न हलमा पुगेको छ । निर्मात्री तथा अभिनेत्री केकी अधिकारीले यो फिल्मको प्रतिक्रियाले आफू निकै खुशी भएको बताएकी छिन् ।

कस्तो छ फिल्म?

नेपालको ग्रामीण भेगमा बोक्सीका नाममा हुने महिला हिंसाका घटनालाई फिल्मले कथानक बनाएको छ । यो फिल्ममा काठमाडौँमा पत्रकारिता गरिरहेकी एक युवती बोक्सी भनिएकी एक युवतीको रिपोर्टिङ गर्न गाउँ पुग्छिन् । बोक्सी भनिएकी युवती कसरी समाजद्वारा बोक्सी बनाइन्छिन् भन्ने फिल्ममार्फत प्रस्तुत गरिएको छ ।

यो फिल्ममा केकी अधिकारी, सुपला सापकोटा, सेबिता अधिकारी, स्वेच्छा राउत, रमा थपलिया, सुलक्षण भारती लगायतको अभिनय रहेको छ । बोक्सीको आरोपमा समाजमा दबाइएकी एक महिलाको भूमिकामा केकी अधिकारीले अभिनय गरेकी छिन् भने उनको बाल्यकालको भूमिकामा सुपला सापकोटाले अभिनय गरेकी छिन् ।

समाजमा हुने बालविवाह, बोक्सीका नाममा दिइने चरम यातना र पुरुषले महिलालाई कसरी विभेद गरिरहेका छन् भन्ने फिल्ममा देखाइएको छ ।

फिल्मको कथा, पटकथा र प्रस्तुतीकरणमा निकै मिहिनेत गरिएको छ । कलाकारको अभिनय पनि दमदार छ । खासगरी बालकलाकार सुपला सापकोटा र उनकी आमाको भूमिकामा देखिएकी सेबिता अधिकारीको अभिनयले मन छुन्छ । नेपाली समाजमा महिलाभन्दा पनि बुहारीहरु कसरी पीडित भइरहेका छन् भन्ने यो फिल्मले राम्रोसँग नियाल्ने प्रयास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?