मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्मी र तातो हावाबाट बच्न जोखिममा रहेकालाई सचेत गराइँदै

नेपालगञ्ज – नेपालगञ्जमा हिटवेभको जोखिममा रहेका ‘टिनको छानामुनी बस्ने, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक लगायत’लाई सचेत गराउन थालिएको छ । उनीहरुलाई गर्मी र तातो हावाबाट बच्न सचेतना तथा जागरण फैलाउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी बाँकेले स्वयंसेवक समेत परिचालन गरेको छ । 

चार दिनसम्म नेपालगञ्ज उमहानगरपालिका–२१ र २२ मा तातो हावाको उच्च जोखिममा रहेका परिवारलाई सचेतना तथा जागरणको काम गर्न लागिएको नेपाल रेडक्रस सोसाइटी, बाँकेका उपनिर्देशक दोलख डाँगीले जानकारी दिए । उनले अपाङ्गता भएका  व्यक्तिको घर–घरमा पुगी सूचना दिने र तातो हावाको लहरको जोखिमबाट घरायसी रुपमा गर्न सकिने सामान्य सावधानी तथा गर्मीको कारण हुने बिरामीको लक्षण देखिएमा गर्नुपर्ने उपचारको बारेमा सूचित गरिने बताए । यसका लागि दुई वडामा ६ स्वयंसेवक परिचालन गरिँदै छन् ।  

अमेरिकी रेडक्रस, नेपालगञ्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी बाँकेको संयुक्त साझेदारीमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा तातो हावाको लहर लू प्रतिकार्य कार्यक्रम सञ्चालनमा छ । उपनिर्देशक डाँगीले चार दिनसम्मको अवस्था हेरेर पुनः अन्य वडामा पनि सो कार्यक्रम सञ्चालन हुने उल्लेख गर्दै यसबाट किसान, श्रमिक वर्ग, पिछडिएको वर्ग र ज्यालादारीमा काम गर्ने वर्ग सबैभन्दा बढी लाभावन्वित हुने बताए । 

नेपालगञ्ज उपमहानगरपालिका आपतकालीन कार्यव्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले गर्मी दिनप्रतिदिन बढ्दै गएकाले श्रमिक वर्गका लागि नेपालगञ्ज–२ को रानीतलाउ नजिक कुलिङ सेन्टर निर्माण गर्न लागिएको जानकारी दिए ।   जल तथा मौसम विज्ञान विभागले आगमी पाँच दिनसम्म निरन्तर तापक्रम बढ्ने जनाएको छ । दिउँसो गर्मी र तातो हावाका कारण नेपालगञ्जको जनजीवन प्रभावित भएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?