मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘ह्याप्पी पटेल’ कमेडी फिल्ममा आमिर खान डनको भुमिकामा

काठमाडाैँ – बलिउड सुपरस्टार आमिर खान यतिबेला चर्चामा छन् । ‘द ग्रेट इन्डियन कपिल शो’ मा सहभागी हुँदा आमिरले धेरै कुरा खुलाएका थिए । आफ्नो फनी स्टाइलका अलावा उनी आफ्ना आगामी प्रोजेक्टका लागि पनि चर्चामा छन् ।

आमिर खानका भतिजा इमरान खानले ९ वर्षअघि ‘जाने तू या जाने ना’ बाट बलिउडमा डेब्यु गरेका थिए । यो फिल्म आमिर खानको निर्देशनमा बनेको हो । तर, केही वर्षपछि इमरानले अभिनयलाई अलविदा गरे । तर सार्वजनिक भएको जानकारी अनुसार इमरान अब बलिउडमा फर्कन तयार छन् । यसलाई पुनः लन्च गर्ने जिम्मेवारी आमिर खानले लिएका छन् ।

आमिर खान ‘ह्याप्पी पटेल’ नामको फिल्म बनाउँदैछन् । यस फिल्मको मुख्य अभिनेता इमरान खान हुनेछन् । इमरानको कमब्याकसँगै यो फिल्मले उनको रोकिएको करियरलाई अगाडि बढाउन मद्दत गर्नेछ । आमिरले यो फिल्म बनाउने मात्र होइन अभिनय पनि गर्नेछन् ।

‘ह्याप्पी पटेल’ कमेडी फिल्म हुनेछ । यस फिल्ममा आमिर खान क्यामियो गर्दै देख्न सकिन्छ । उनको भूमिका डनको हुनेछ । ‘डन’ बलिउडको चर्चित पात्र हो । अमिताभ बच्चनपछि शाहरुख खानले यो भूमिका खेलेर ताली बटुलेका थिए । अब यो लिस्टमा आमिर खानको नाम पनि थपिने भएको छ ।

आमिर खानको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनी अभिनेताको आगामी फिल्म ‘सितारा जमीं पर’ मा देखिनेछन् । यस फिल्ममा उनको कोस्टार जेनेलिया डिसुजा हुनेछिन् । फिल्म यसै वर्षको डिसेम्बरमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?