काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भ्यालेन्सियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए भने एक गोल फेर्मिन लोपेजले गरेका थिए । त्यसैगरी भ्यालेन्सियाका लागि हुगो डुरो र पेपेलुले एक एक गोल गरेका थिए ।
यस खेलमा खेलको ४५औं मिनेटमा भ्यालेन्सियाका गिओर्गी मामर्डाशभिलीले रातो कार्ड पाएपछि भ्यालेन्सिया १० खेलाडीमा सीमित भएको थियो ।
यो जितपछि बार्सिलोनाको ला लिगामा ३३ खेलमा ७३ अङ्क भएको छ र दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्ष स्थानमा रहेको रियल म्याड्रिड भन्दा ११ अङ्कले पछाडि रहेको छ । त्यसैगरी भ्यालेन्सियाको भने ३३ खेलमा ४७ अङ्क रहेको छ र लिगमा आठौँ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया