मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भिटामिन डी को कमी छ ? जिब्रोमा देखिन्छन् यी लक्षण

भिटामिन डी हाम्रो शरीरको लागि धेरै महत्त्वपूर्ण पोषक तत्त्व हो । यो स्वस्थ हड्डी, दाँत र मांसपेशीहरूको लागि मात्र महत्त्वपूर्ण छैन, यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई पनि बलियो राख्छ ।

तर कहिलेकाहीँ शरीरमा भिटामिन डी को कमी हुन्छ, जसका कारण धेरै प्रकारका समस्या हुन सक्छन् ।

यसको कमीका धेरै प्रकारका लक्षणहरू हुन्छन् । तर के तपाईँलाई थाहा छ तपाईँको जिब्रोले पनि भिटामिन डी को कमीलाई सङ्केत गर्न सक्छ ? हो, भिटामिन डिको कमीले जिब्रोमा केही परिवर्तन आउन सक्छ । 

जानी राखौँ ती लक्षणहरू के हुन् ?

जलनको अनुभूति

भिटामिन डिको कमीले मुखमा जलनको अनुभूति हुन सक्छ ।

जिब्रो रातो हुनु

जिब्रो असामान्य रूपमा रातो हुनु पनि भिटामिन डिको कमीको सङ्केत हुन सक्छ ।

जिब्रो पिल्सिने

कहिलेकाहीँ भिटामिन डिको कमीले जिब्रोमा साना, पीडादायी घाउहरू हुन सक्छ । यी लक्षणहरू हुनुको मतलब भिटामिन डिको कमी छ भन्ने होइन ।

भिटामिन बी वा आइरनको कमीले पनि जिब्रोमा यस्ता समस्या हुन सक्छ । तसर्थ, सही निदान प्राप्त गर्न, यो एक डाक्टरसँग रगत परीक्षण गर्न आवश्यक छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?