मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

केहि दिनमै धनी बन्न चाहनुहुन्छ ? घरमा यी बिरुवाहरु लगाउनु

काठमाडाैँ – सनातन धर्ममा घरमा बिरुवा लगाउनु शुभ मानिन्छ । किनकी केहि बिरुवाहरुमा भगवान वास गरेको मानिन्छ । यी बिरुवाहरुमा तुलसी, शमी आदि पर्दछन् ।

घरमा यी रुख तथा बिरुवा रोप्दा मानिसको जीवनमा धेरै समस्याबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ । यस्तो अवस्थामा घरमा कुन बिरुवा लगाउन फलदायी हुन्छ जानौँ ।

तुलसीको बोट
सनातन धर्ममा तुलसीको बोटलाई पूजनीय मानिन्छ । यस बोटमा धनकी देवी लक्ष्मीको वास हुन्छ । घरमा तुलसीको बिरुवा लगाएर पूजा गर्नाले घरमा सुख–समृद्धि हुनुका साथै आर्थिक लाभ हुने जनविश्वास रहेको छ । साथै माता लक्ष्मीको कृपा प्राप्त हुन्छ ।

शमी बिरुवा
शमीको बिरुवामा भगवान शिवको वास रहेको जनविश्वास छ । यो रुख निकै पवित्र मानिन्छ । घरमा शमीको बिरुवा लगाउनाले महादेवको आशीर्वाद प्राप्त हुने जनाइएको छ । साथै घरबाट नकारात्मक उर्जा हटाउन सकिन्छ । यो बिरुवाको दैनिक पूजा गर्नाले व्यक्तिको कुंडलीमा शनिको स्थिति शुभ र बलियो हुन्छ र सबै समस्याबाट मुक्ति मिल्छ।

मनी प्लान्ट
सुख र समृद्धि बढाउन चाहनुहुन्छ भने घरमा मनी प्लान्ट लगाउनुहोस । धनको अभाव हटाउनका लागि काँचो दूधलाई पानीमा मिसाएर शुक्रबार मनी प्लान्टमा चढाउनुपर्छ । यो उपाय गर्नाले आर्थिक लाभ हुने जनविश्वास छ ।

एलोवेरा बिरुवा
यसबाहेक घरमा एलोभेराको बिरुवा रोप्न सक्नुहुन्छ । यो बिरुवा घरमा लगाउनु निकै शुभ मानिन्छ । एलोभेराको प्रयोगले सकारात्मक उर्जा प्रदान गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?