काठमाडौँ– चलचित्र ‘माइतीघर’ का अभिनेता सीपी लोहनीको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा निधन भएको चलचित्र कलाकार संघले जनाएको छ ।
अल्जाइमर रोगबाट पीडित उनको काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । कलाकार संघले उनको १.३० बजे निधन भएको जनाएको छ ।
निजी क्षेत्रले निर्माण गरेको पहिलो फिल्म ‘माइतीघर’ मा उनले शीर्ष भूमिका निभाएका थिए । साथै, उनले सो चलचित्रको गीतमा समेत स्वर दिएका थिए ।
लोहनीले रेडियो नेपालमा केही गीत समेत रेकर्ड गराएका थिए । उनको आजै पशुपति आर्यघाटमा दाह संस्कार गरिने मोहन निरौलाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया