मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हीरामंडीमा नवाब वली मोहम्मदको भूमिकामा फरदीन खान

काठमाडाैँ – ब्रेक लिनु फिल्म स्टारका लागि ठूलो जोखिम भन्दा कम छैन, किनकी ब्रेक लिएपछि दर्शकसँग टाढा हुने मात्र होइन काम पाउन पनि मुस्किल हुन्छ । अभिनेता फरदीन खानले पनि १४ वर्षअघि जोखिम मोलेका थिए । उनी २–३ वर्षको ब्रेक लिन चाहन्थे, जुन चाँडै १२ वर्षमा परिणत भयो ।

स्टारहरूलाई प्रायः ब्रेक पछि पुनरागमन गर्न गाह्रो हुन्छ, तर फरदीनको लागि त्यस्तो हुँदैन । दुई वर्षअघि सञ्जय लीला भन्सालीको डेब्यू वेब सिरिज ‘हीरामण्डीः द डायमण्ड बजार’ फरदीनको काखमा परेको थियो, जुन अभिनेताको लागि उत्कृष्ट कमब्याक हुन गइरहेको छ ।

फिल्मी उद्योगबाट ब्रेक लिनुको कारण के थियो ?

फरदीन खानले भने, “जीवनको कुनै पनि मोडमा के हुन्छ भन्न सकिँदैन । यसअघि सन् २०१० मा मेरो अन्तिम रिलिज फिल्म दुल्हा मिल गया थियो। केही व्यक्तिगत कारणले गर्दा मैले यो उद्योग छोडेर काम गर्नु उचित ठानेँ । ३ वर्षको ब्रेक मैले मेरो परिवारमा ध्यान दिनु पर्यो, तर जब मेरो छोरी जन्मियो, त्यो तीन वर्ष ६ वा ८ वर्ष भयो र त्यसपछि मेरो छोराको जन्म भयो र समय बढ्दै गयो र म पूर्ण–समय बुबा भएँ ।

फरदीन खानले यो १४ वर्षमा अभिनेताले जीवनमा धेरै परिवर्तन भएको बताएका छन् । दर्शकको दृष्टिकोण र चलचित्र निर्माण गर्ने शैलीमा परिवर्तन आएको छ । नयाँ कलाकारको जोश लिएर फर्किदै गरेको र सोही मनोभावका साथ काम गरिरहेको उनले बताए ।

सोही क्रममा फरदीन खानले आफ्नो भावी योजनाको बारेमा पनि बताए । अभिनेताले भने, “उत्तेजित र नर्भस हुनुका साथै निर्देशक र लेखकले मेरो काम हेरेपछि मलाई कस्तो भूमिका दिने भन्नेमा पनि उत्सुकता छ, धेरै लामो ग्याप लिएर पनि चिनिन्छु भन्ने पटक्कै होइन । मेरो काम हेर्नको लागि म धेरै उत्साहित छु ।

फरदीन खान ‘हीरामंडी’ मा नवाब वली मोहम्मदको भूमिकामा देखिनेछन् । अभिनेताले पहिलो लुकमा दर्शकको ध्यान तानेका थिए । मानिसहरु कलाकारको अभिनयको पर्खाइमा छन् ।

यो शृङ्खला मे १, २०२४ मा नेटफ्लिक्समा रिलिज हुनेछ । यसमा सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्डा, मनिषा कोइराला, सञ्जिता शेख, शेखर सुमन र अध्यायन सुमनको पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?