काठमाडौँ– पछिल्लो समय धेरै मानिसहरूका लागि अङ्ग्रेजी बोल्नु अनिवार्यजस्तै भएसँगै गुगलले आफ्ना प्रयोगकर्ताहरूका लागि अङ्ग्रेजी बोल्न सिकाउने नयाँ सुविधा ल्याएको छ ।
अन्तर्राष्ट्रिय मिडिया टेक क्रन्चका अनुसार गुगलले एआईमा आधारित ‘स्पिकिङ प्राक्टिस’ नाम फिचर ल्याउन लागेको हो ।
गुगलले दिएको ‘ल्याङ्ग्वेज लर्निङ एक्सरसाइज’ मा भाग समेत लिन सकिने टेक क्रन्चको रिपोर्टमा उल्लेख गरिएको छ ।
यसमा आकर्षक तरिकाले अङ्ग्रेजी भाषा सिक्न, र यथार्थपरक कुराकानीहरू गर्न सम्भव हुने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
तर गुगलको यो सुविधा अर्जेन्टिना, कोलम्बिया, भारत, इन्डोनेसिया, मेक्सिको र भेनेजुएला मा मात्र उपलब्ध रहेको बताइएको छ ।
बहुभाषिक देशहरूमा अङ्ग्रेजी बोल्ने सीप सुधार गर्न चाहनेका लागि गुगलको यो सुविधा सहयोगी हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया