मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘बलिदान’का लागि अडिसनमार्फत कलाकार खोज्दै सेन

काठमाडौँ – सन्तोष सेनले बनाउन लागेको फिल्म  ‘बलिदान’ ले अडिसनमार्फत कलाकार छनोट गर्ने भएको छ । सो प्रयोजनका लागि आसुसेन फिल्मले अडिसन आह्वान गरेको छ । 

इच्छुक र योग्य व्यक्तिले खुला प्रतिस्पर्धाबाट चलचित्रमा बाजी मार्न सक्ने निर्देशक तथा निर्माता सेनले बताएका छन् । 

आह्वान गरिएको अडिसनमार्फत प्रमुख नारी पात्रको भूमिकामा परिवेश सुहाउँदो र एक पुरुष कलाकार छनोट गर्न लागेको निर्देशक सेनले बताए। 

अडिसनमा सहभागी हुन महिला कलाकारसँग मोटर बाइक हाँक्न सक्ने र मार्सल आर्टको सिप हुनुपर्नेछ भने पुरुष र महिला दुवै कलाकारले नेपाली भाषामा मैथिली उच्चारणसहित संवाद बोल्न सक्नुपर्नेछ।

पूर्वी नेपालका इटहरी, विराटनगर र जनकपुर क्षेत्रका कलाकारले प्राथमिकता पाउने जनाइएको छ। आवेदन दिने अन्तिम मिति २०८१ वैशाख मसान्तलाई तोकिएको छ।

अनुसार चलचित्रमा मधेशी संस्कृति र सौन्दर्य झल्किने महिला कलाकार आवश्यकता रहेको बताइन्छ । ‘बलिदान’ को प्रमुख भूमिकामा समीर भट्ट देखिँदै हुनुहुन्छ ।

चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र अर्पण थापा तथा अभिनेतृ ऋचा शर्माले अभिनय गर्ने पक्कापक्की भइसकेको छ । ‘बलिदान’ छायाङ्कनका लागि इटहरीमा सेट डिजाइनको काम भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?