मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तौल घटाउन चाहनुहुन्छ ? यी हुन्छ तपाईँले जान्नै पर्ने कुरा

मोटोपना पछिल्लो पुस्ताको समस्या नै बनिरहेको छ । यो समस्या सिर्जित गर्ने मुख्य कारण भनेको बाहिरी जङ्क फुडहरूको सेवन पनि हो ।

तपाईँको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त लामो समयदेखि चल्दै आइरहेको तपाईँको जीवनशैलीको नतिजा हो । यदि तौल कम गर्नु छ भने धैर्य गर्नुहोस्। 

तौल घटाउन पनि समय लाग्छ ।  शुरुको एक दुई हप्ता तपाईँको तौलमा कुनै अन्तर नआउन पनि सक्छ, तर, यसो भयो भन्दैमा धैर्य गुमाउनु हुँदैन, केही समय पर्खनुहोस्, बिस्तारै तौल घट्दै जानेछ ।

आफ्नो प्रयासमा विश्वास गर्नुहोस्

तौल घटाउन आफूले गरेको प्रयासप्रति विश्वास गर्नुहोस्। यदि तपाईँ दैनिक जिम गइरहनुभएको छ तर, तपाईँ जिम गए पनि केही फाइदा छैन भन्नुहुन्छ भने तपाईँको अचेतन मनले पनि त्यही कुरा मान्छ र त्यसबाट तपाईँलाई केही फाइदा हुँदैन । त्यसैले आफूमा परिवर्तन ल्याउनु छ भने सकारात्मक सोच राख्नुहोस् र आफ्नो प्रयासमा विश्वास गर्नुहोस्।

नास्तापछि पानीलाई मुख्य ड्रिङ्क बनाउनुहोस्

नास्ताको बेला सुन्तलाको रस, चिया, दूध लिन सकिन्छ, तर, त्यसपछि दिनभर पानी मात्र प्रयोग गर्नुहोस्, कोल्ड ड्रिङ्क छुँदा पनि नछुनुहोस् र चिया कफीमा पनि नियन्त्रण राख्नुहोस्।् । यसबाट तपाईँले दैनिक करिब २ सय ५० क्यालोरी कम गर्नु सक्नुहुनेछ ।

कति क्यालोरी खानुहुन्छ त्यसमा १० प्रतिशत थप्नुहोस्

यदि तपाईँ दैनिक १८०० क्यालोरी भएको खाना लिनुहुन्छ, तर, तौल नियन्त्रण भएको छैन भने तपाईँ आफ्नो क्यालोरीको गलत अनुमान लगाइरहनुभएको छ । तपाईँले आफ्नो अनुमानित क्यालोरीमा १० प्रतिशत थप्नुहुन्छ भने अनुमान बढी मिल्न सक्छ । जस्तै १८०० क्यालोरीमा १० प्रतिशत अर्थात् १ सय ८० थपेर १९८० क्यालोरी लिन सक्नुहुन्छ ।

तीन पटक हैन, ४–५ पटक थोरै थोरै खानुहोस् 

एक अध्ययनले के देखाएको छ भने बिहान, दिउँसो, बेलुकी खानुको सट्टा ५–६ पटक थोरै थोरै खाने मानिसले ३० प्रतिशत कम क्यालोरी उपभोग गर्छ । दिनको धेरै पटक खाँदा शरीरले कम इन्सुलिन निकाल्छ जसले ब्लड सुगरलाई सही राख्छ र भोक पनि कम लाग्छ ।

दैनिक ४५ मिनेट हिँड्नुहोस्

दैनिक ३० मिनेट टहलिनाले तपाईँको शरीरमा तौल बढ्न पाउँदैन, यदि तौल घटाउन चाहनुहुन्छ भने कम्तीमा पनि ४५ मिनेट टहलिनुस्।् । यसो गर्ने हो भने खानपानमा परिवर्तन नल्याईकन पनि तपार्ई एक वर्षमा कम्तीमा पनि १५ किलो तौल घटाउन सक्नुहुनेछ । तर, टहलिने काम भने बिहानको स्वच्छ हावामा गर्नुपर्छ । यसका लागि बिहान सबेरै उठ्ने बानी बसाल्नुस्।् ।

खाना खान सानो प्लेट प्रयोग गर्नुहोस्

अध्ययनका अनुसार जति भोक लागे पनि यदि तपाईँको अगाडि थोरै खाना  राखिएको छ भने थोरै खानुहुनेछ र धेरै खाना राखिएको छ भने धेरै खानुहुनेछ । त्यसैले कम खाना खान सानो थालमा थोरै खाना राखेरै खानु उपयुक्त हुनेछ ।  चिया कफीका लागि पनि सानो कप नै प्रयोग गर्नुपर्छ।

पानी बढी भएको खाना खाने

पेल्सिभेनिया स्टेट युनिभर्सिटीमा भएको एक अध्ययनले के पाइएको छ भने गोलभेँडा, लौकाजस्ता कुरा खानाले क्यालोरी कम हुन्छ ।

कम चिल्लो भएको दूध प्रयोग गर्ने 

चिया, कफी बनाउँदा या दूध पिउँदा कम चिल्लो भएको दूध मात्र प्रयोग गरौँ, यस्तो दूधमा क्याल्सियम बढी र क्यालोरी कम हुन्छ ।

९० प्रतिशत खाना घरमै खाऔँ

सकेसम्म घरमै खाने बानी बसालौँ । बाहिरको खानामा बढी चिल्लो पदार्थ र बढी क्यालोरी हुन्छ, यसबाट बच्नुपर्छ ।

बिस्तारै खानुहोस्

बिस्तारै खाँदा तपाईँको दिमागले पेट भरिएको सङ्केत पहिल्यै गर्नेछ र तपाईँले कम खानुहुनेछ । हामी भोकै नलागी त्यत्तिकै पनि खान्छौँ, कतिपय मानिसहरू बोर लाग्दा, नर्भस हुँदा या बानी लागेका कारण पनि त्यत्तिकै खान्छन् । तर यसो गर्नु ठिक होइन, वास्तवमै भोक लागेपछि मात्र खानुहोस्।

जुसको सट्टा फल खानुहोस्

जुसको सट्टा फल खानुहोस्, फलले जुसको तुलनामा भोक पनि कम गर्नेछ र अन्य खाना कम खानुहुनेछ ।

बढी हिँड्नुहोस्

जति बढी हिँड्नुहुन्छ, उति बढी तपाईँको क्यालोरी खर्च हुन्छ । लिफ्टको ठाउँमा सिँढीको प्रयोग गर्नुहोस्, वरिपरिका ठाउँमा पैदलै हिँड्नुहोस्, अन्यत्र सम्भव नभए पनि कमसेकम दिनको एकदुईपटक छतको चक्कर मार्नुहोस्।

हप्तामा एक पटक कुनै गाह्रो काम गर्नुहोस्

हप्तामा कम्तीमा पनि एक पटक गाह्रो काम गर्नुहोस् । जस्तो कि आफ्नो बाइक वा कार आफैँ धुन सक्नुहुन्छ, बच्चाको साथमा घुम्न जान सक्नुहुन्छ, आफ्नो जीवनसाथीलाई घरको काममा सहयोग गर्न सक्नुहुन्छ ।

साँझ कम खानुहोस्

अध्ययनका अनुसार तपाईँ जति बढी दिनको समयमा खानुहुन्छ, रातको समयमा उति नै कम खानुहोस्। तपाईँले दिउँसो खाएको खानाको क्यालोरी रातको समयमा खर्च हुने सम्भावना बढी हुन्छ ।

नाच्नुहोस्

समय पाउने बित्तिकै र अवस्थाले साथ दिएसम्म गीत बजाएर नाच्नुहोस्, यसो गर्दा तपाईँलाई मनोरञ्जनका साथै क्यालोरी पनि खर्च हुन्छ । यदि नृत्यलाई रुटिन बनायो भने झन् बढी राम्रो हुन्छ । 

कागती र मह प्रयोग गर्ने

हरेक बिहान हल्का मनतातो पानीमा कागती र मह मिसाएर सेवन गर्नाले तौल कम हुन्छ ।

दिउँसो खाना खानुअघि ३ गिलास पानी पिउने

यस्तो गर्नाले भोक कम लाग्छ । यदि तपाईँ तौल घटाउन चाहनुहुन्छ भने भोक लागेको बेलामा केही थोरै खानाले लाभ मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?