मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के अण्डाले छालामा चमक ल्याउछ ?

काठमाडाैँ – कालो हुनु भनेको नराम्रो हुनु हो भन्ने मानसिकता परिवर्तन हुदैछ तर पनि गोरो बन्ने रहर धेरैलाई हुन्छ र यसैका लागि मानिसहरुले धेरै रुपैयाँ खर्च गरिरहेका हुन्छन् ।

अनुहारलाई लिएर निकै चिन्तित हुने गर्दछौ । सुन्दर, गोरो र चम्किलो अनुहार बनाउन सधै प्रयासरत पनि हुन्छौ । क्रिम पाउडर आदि लगाएर पनि अनुहार टल्काउने गर्दछौ ।

अनेक किसिमका क्रिम, पाउडर मात्र नभएर प्रविधिह समेत गोरो बन्न प्रयोग गर्न थालिएको छ । कतिपय यस्ता चिजहले नकारात्मक असर पनि गरिरहेको छ ।

अण्डाको प्रयोग गरेर अनुहारलाई चम्किलो बनाउन सकिन्छ । यसले पिम्पल हटाउन मद्दत गर्छ। मानिसहरु सुन्दर देखिन धेरै प्रयास गर्छन् तर आराम पाउन सक्दैनन् ।

छालामा अण्डाको प्रयोग गरेर छालालाई चम्किलो र नरम बनाउन सकिन्छ । अण्डामा प्रोटिन, भिटामिन र मिनरल्स जस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ, जुन छालाको स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ।

अण्डाको सेतो भागमा एन्टिब्याक्टेरियल गुण हुन्छ । जसले पिम्पलसँग लड्न मद्दत गर्छ र चाउरीपना कम गर्छ। हरेक व्यक्तिको छाला फरक हुन्छ, अण्डाले कसैको अनुहारमा सुहाउदछ भने कसैलाई अण्डाबाट एलर्जी हुन सक्छ।

यदि तपाईंको छाला संवेदनशील वा सुख्खा छ भने, तपाईंले अण्डा प्रयोग गर्नबाट जोगिनै पर्छ। अण्डा बाहेक, तपाईं आफ्नो अनुहार थप चमक बनाउन धेरै घरेलु उपचार गर्न सक्नुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?