मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाली नागरिकसँग भिसा शुल्क नलिने चीनको घोषणा

काठमाडौँ – चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा गरेको छ । 

चीनले आगामी मे १ अर्थात् वैशाख १९ देखि चीन जानको लागि आवेदन दिने नेपालीसँग भिसा शुल्क नलिने घोषणा गरेको हो । 

काठमाडौँस्थित चिनियाँ दूतावासले आइतबार सूचना प्रकाशित गर्दै भिसा शुल्क नलिने तर एक्सप्रेस फी र सर्भिस फी भने लिने जानकारी दिएको छ ।

दूतावासले भनेको छ- ‘नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई प्रवर्द्धन गर्न र  नेपाल र चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन नेपालस्थित चिनियाँ दूतावासले मे १, २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क लिइने छैन (एक्सप्रेस शुल्क र सर्भिस फी लिइनेछ) ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?