मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डन्डीफोर र दागबाट पूर्ण राहत पाउन नीमको पातको प्रयोग

नीमको पातका प्राकृतिक गुणहरूले तपाईँको छाला हेरचाह सँगै दिनचर्यामा महत्त्वपूर्ण भूमिका खेल्छ, विशेषगरी पिम्पल र कालो दागहरू हटाउन ।

नीम, जसलाई वैज्ञानिक रूपमा आजादिरैक्टा इडिका को रूपमा चिनिन्छ । यसले पारम्परिक भारतीय र नेपाली चिकित्सा प्रणाली आयुर्वेदमा एक महत्त्वपूर्ण स्थान राख्छ ।

नीमका पातहरू शक्तिशाली एन्टिब्याक्टेरियल, एन्टी–इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुणहरूको लागि परिचित छन् । यी गुणहरूले नीमको पातलाई डन्डीफोर र कालो दागहरू सहित विभिन्न छाला समस्याहरूको लागि प्रभावकारी प्राकृतिक उपचार बनाउँछ ।

छालाका लागि नीमको पातका फाइदाहरू:

–जीवाणुरोधी (एन्टिब्याक्टेरियल) गुण 

नीमको पातमा निम्बिन, निम्बिडिन र गेडुनिन जस्ता यौगिकहरू हुन्छन्, जसमा बलियो जीवाणुरोधी गुणहरू हुन्छन् । यी गुणहरूले पिम्पल र एक्ने (खटिरा) निम्त्याउने ब्याक्टेरिया सँग लड्न मद्दत गर्छ ।

–एन्टी इन्फ्लामेट्र्रि गुण 

नीमको पातमा क्वेर्सेटिन र निम्बिडिन जस्ता एन्टि–इन्फ्लेमेटरी यौगिकहरू प्रशस्त मात्रामा पाइन्छ । यी यौगिकहरूले पिम्पलसँग सम्बन्धित सून्नाइ र रातो पनलाई शान्त पार्न सघाउँछ, छिटो निको पार्नु को साथै पिम्पल्स को पुनरावृत्ति लाई रोक्न मद्दत गर्दछ ।

–एन्टिअक्सिडेन्ट गुण 

नीमको पातमा फ्लेभोनोइड्स र भिटामिन सी सहित एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ जसले छालालाई फ्री रेडिकलबाट हुने क्षतिबाट जोगाउन मद्दत गर्छ । यसको एन्टिअक्सिडेन्ट गुणहरूले कालो धब्बा, दाग र बुढेसकालका लक्षणहरू कम गर्न मद्दत गर्दछ, जसको परिणाम स्वरूप अनुहारको रङ्ग अझ निक्खर हुन्छ ।

पिम्पल र कालो दागको लागि नीमको पातको प्रयोग 

–नीमको पातको पेस्ट: 

–एक मुठी ताजा नीमका पातहरू पिस्नु होस् ।

–पिम्पल र कालो दागहरूमा वा सिधै प्रभावित ठाउँहरूमा नीमको पेस्ट लगाउनुहोस् ।

–पेस्ट लाई १५–२० मिनेटको लागि छोड्नुहोस्, जसले गर्दा लाभकारी यौगिकहरू छालामा प्रवेश गर्न सकोस् ।

–त्यसपश्चात् मन तातो पानीले धुनुहोस् र बिस्तारै सुकाउनुहोस् ।

–राम्रो परिणामको लागि यो प्रक्रिया हप्तामा २–३ पटक लगाउनुहोस् ।

नीमको पातको पानी

–एक मुठी नीमको पातलाई पानीमा १०–१५ मिनेट सम्म पानीको रँग हरियो नहुन्जेल उमाल्नुहोस् ।

–नीमको पातको पानीलाई चिसो पारेर छान्नुहोस् ।

–नीमको पातको पानीमा कपास भिजाएर प्रभावित क्षेत्रमा लगाउनु होस ।

–यसलाई १०–१५ मिनेट सम्म लगाएर छोड्नुहोस्, त्यसपछि यसलाई पानीले धुनु होस ।

–आफ्नो अनुहार सफा गर्न र पिम्पल र कालो दागहरू कम गर्न दिनको दुई पटक यो नीमको पातको पानी प्रयोग गर्नुहोस् ।

सावधानी 

नीमको पात केही व्यक्तिहरूमा छाला को जलन वा एलर्जी प्रतिक्रियाहरू निम्त्याउन सक्छ । यसकारण आफ्नो अनुहारमा नीमको पातको उपचार प्रयोग गर्नु अघि, छालाको अर्को भागमा सानो परीक्षण गर्नुहोस् ।

घाउ भएको छालामा नीमको पातहरू प्रयोग नगर्नुहोस्, किनकी यसले ती क्षेत्रमा थप जलन हुन सक्छ ।

यदि तपाइ कुनै प्रतिकूल प्रतिक्रिया वा लगातार छाला को समस्याहरू अनुभव गर्नुहुन्छ भने, प्रयोग बन्द गर्नुहोस् र छाला विशेषज्ञसँग परामर्श लिनु होस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?