काठमाडौँ– पछिल्लो समय गर्मी ह्वात्तै बढेको छ । नेपालका तराईका जिल्लमा त दिउँसोको समयमा बाहिर हिँड्न सकिने अवस्था छैन ।
जहाँ गर्मीबाट बच्नका लागि नयाँ नयाँ प्रविधिहरू समेत विकास भइरहेका छन् । योसँगै भारतमा गर्मीको समयमा वाहिर काम गर्नुपर्ने मानिसहरूको लागि एसी सहितको हेलमेटको व्यवस्था गरिएको भारतीय मिडियाहरूले जनाएका छन् ।
भारतका विभिन्न राज्यमा कार्यरत प्रहरी कर्मचारीहरूका लागि गर्मीको समयमा काम गर्न सजिलो बनाउने उद्देश्यले एयरकन्डीसनवाला हेलमेटको व्यवस्था गरिएको मिडिया रिपोर्टहरूमा उल्लेख गरिएको छ ।
सीएनबीसीको रिपोर्टका अनुसार यो हेलमेटको उत्पादन भारतको हैदरावादस्थित जर्श सेफ्टी कम्पनीले बनाएको हो ।
यसको तौल करिब २ सय ग्राम मात्रै रहेको बताइएको छ । जसले बाहिर रहेको तापक्रमलाई १० देखि १५ डिग्री सेल्सियससम्म कम गर्न सक्छ ।
चार्ज गर्न सकिने ब्याट्री फिचरसहितको यो हेलमेटको बजार मूल्य भने १३ देखी १७ हजार भारतीय रुपैयाँसम्म पर्ने जनाइएको छ ।
आँखाको सुरक्षाको लागि फेशशिल्ड समेत यो हेलमेटमा रहेको छ । यसलाई आईएसओ तथा ओएचएस सहितका संस्थाहरूले पनि मान्यता दिइसकेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया