मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पर्सामा सात सय ३९ घरेलु उद्योग थपिए

पर्सा– जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा  रु ८६ करोड १० लाख ८१ हजार नौ सय ९८ लगानीमा सात सय ३९ वटा घरेलु तथा साना उद्योग थपिएका छन् । 

पर्सास्थित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धनञ्जय सिंहका अनुसार गत आवमामा एक हजार ८९ नयाँ उद्योग थपिएका थिए तथा यस वर्ष पनि गत वर्षकै हाराहारीमा नयाँ उद्योग थपिने अनुमान छ । 

चालु आवमा दर्ता भएका उद्योगमध्ये प्राइभेट फर्ममा दर्ता भएका घरेलु तथा साना उद्योगको सङ्ख्या सबैभन्दा बढी अर्थात् छ सय ९४ पुगेको छ । साझेदारी फर्ममा दर्ता गरिएका भने १० वटा मात्रै छन् । ‘प्राइभेट लिमिटेड’ मा दर्ता हुनेको सङ्ख्या ३५ छ 

चालु आवमा दर्ता भएका उद्योगको चालु पुँजी भने रु ७१ करोड सात लाख ८४ हजार तीन सय १४  छ । कुल पुँजी रु एक अर्ब ५७ करोड १८ लाख ६६ हजार तीन सय १२ रहेको छ । 

चालु आवमा दर्ता भएका उद्योगको वार्षिक उत्पादन क्षमता रु तीन अर्ब एक करोड ४५ लाख ८८ हजार नौ सय ३८ रहेको छ ।  

उक्त कार्यालयले चालु आवको नौ महिनामा नयाँ साना तथा घरेलु उद्योग दर्ता भएर रु ५९ लाख ८२ हजार चार सय राजस्व सङ्कलन गरेको जनाएको छ । गत आवमा पर्सामा एक हजार ८९ वटा घरेलु उद्योग दर्ता भएका थिए ।  

दर्तामध्ये प्राइभेट फर्मको सङ्ख्या एक हजार २५ थियो । साझेदारी फर्मको सङ्ख्या १३ र प्राइभेट लिमिटेडको सङ्ख्या ५१  थियो । गत आवमा दर्ता भएका नयाँ घरेलु उद्योगको स्थिर पुँजी रु एक अर्ब ५४ करोड ४४ लाख ६९ हजार ५२  थियो ।

त्यसैगरी गत आवमा दर्ता भएका उद्योगको चालु पुँजी भने रु एक अर्ब २९ करोड ७१ लाख ८२ हजार तीन सय ७५  छ । गत आवमा दर्ता भएका उद्योगको कुल पुँजी रु दुई अर्ब ८४ करोड १६ लाख ५१ हजार चार सय २७ छ । 

गत आवमा दर्ता भएका उद्योगको वार्षिक उत्पादन गर्ने क्षमता रु चार अर्ब ३४ करोड ९८ लाख ६१ हजार तीन सय ५५ छ ।

कार्यालयले गत आवमा दर्ता भएका घरेलु उद्योगबाट रु एक करोड छ लाख ३९ हजार दुई सय ५० राजस्व सङ्कलन गरेको थियो । गत आवमा दर्ता भएका उद्योगले पाँच हजार चार सय ६० जनालाई रोजगारी दिने आङ्कलन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?