काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले देशका जुनसुकै भागका गरिब तथा असहायको उपचार निःशुल्क गर्ने जनाएका छन् । आज
बिहान आफ्नो सामाजिक सञ्जालको एकाउन्टमामा पोस्ट गर्दै उनले सम्बन्धित स्थानीय तहको सिफारिस लिएर आए महानगरले निःशुल्क उपचार गर्ने बताएका हुन्। महानगरसँग ५२ अस्पतालका ३७४ बेड रहेको उनले जानकारी दिएका छन्।
‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला’, उनले लेखेका छन्, ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया