मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी समाधान गर्ने  वैवाहिक जीवनका समस्या ? 

वैवाहिक जीवनमा प्रवेश गरेपछि आफ्नालागि मात्र नभई परिवार, जीवनसाथी, सन्तानका बारेमा पनि सोच बिचार गरेर अघि बढ्नु जरुरी हुन्छ । त्यसैले जीवनसाथीसँगको सम्बन्धलाई पनि सधैँ राम्रोसँग लैजानु पुरुष र महिलाको चुनौती हुन जान्छ ।

विवाहका लागि पार्टनरको चयन गर्दा आफूलाई जीवन निर्वाह गर्न सहज, कुरा बुझ्ने, समझदारीमा आउने खालको व्यक्तिको चयन आवश्यक हुन्छ ।

यदि यसरी विवाह भएन भने वा एक–अर्काप्रति जिम्मेवारी र इमान्दारीता भएन भने वैवाहिक जीवनमा समस्या उत्पन्न हुन जान्छन् । त्यसैले आफ्नो जिम्मेवारी निर्वाह गर्ने र अरूको कुरा सुन्ने वानीको विकास गर्न जरुरी छ ।

वैवाहिक जीवन सम्झौताको जीवन हो भन्दा फरक पर्दैन । सानो सानो विवाद र समस्यामा सम्झौता गर्दै अघि बढ्ने हो भने वैवाहिक जीवनमा समस्या उत्पन्न हुँदैन । त्यसका लागि तपाईँले केही गर्न जरुरी छ ।

कुरा सुन्ने बानी बसाल्नुहोस्

पारिवारिक सुख चाहनुहुन्छ भने तपाईँले आफ्नो पार्टनरको कुरा सुन्ने बानीको विकास गर्न जरुरी छ । पतिले पत्नीको र पत्नीले पतिको कुराहरू सुन्ने गर्नाले एकले अर्कालाई स्वीकारेको रूपमा लिने गरिन्छ ।

समस्याहरू भन्ने गर्नुहोस्

पारिवारिक जीवनमा प्रवेश गरेपछि विभिन्न समस्याहरू उत्पन्न हुन जान्छन् । त्यसको समाधान एक्लै गर्न सकिने अवस्था नबन्न सक्छ । त्यसैले तपाईँले आफ्नो जीवनसाथीसँग आफ्ना समस्या वा परिवारका समस्याबारे कुरा गर्ने र हल निकाल्ने प्रयास गर्ने गर्नुपर्छ ।

विवादको समाधान

पति पत्नीबीच समस्या वा झगडा पर्नु अस्वाभाविक होइन । तर साना साना कुरामा पर्ने विवादहरूमा दुवै पक्षले सम्झौता गर्न जरुरी हुन्छ ।
विवादको समयमा आफू जित्ने वा पार्टनरलाई गल्ती देखाउने तर्फ लाग्नु महाभुल हुन जान्छ । विवाद परिसकेपछि त्यसको समाधान तर्फ जान उपयुक्त हुन्छ । त्यसो गर्न सकियो भने पति पत्नीबीचको सम्बन्धमा समस्या उत्पन्न हुँदैन ।

काममा सहयोग

पत्नीले पतिबाट कहिलेकाहीँ भान्सामा सहयोग त कहिले बालबच्चाको हेरचाहमा सहयोगको अपेक्षा गरेको हुन्छन् । त्यस कारण पतिले कहिलेकाँही पत्नीको लागि खाना बनाउने वा भान्सामा सहयोग गर्ने लगायतको बानी विकास गर्नु पर्छ । यदि पत्नीपनि कामबाट फर्किएकी हुन्छिन् भने पतिले भान्सामा सहयोग गर्न सकेको खण्डमा समस्या देखा पर्दैन । पतीलाई परेको अन्य समस्यामा पनि पत्नीले सहयोगीको भूमिका खेल्नु पर्ने हुन्छ ।

आर्थिक समस्या

कहिलेकाहीँ पतिपत्नीमा आर्थिक कारणले समस्या पर्ने देखिएको छ । यदि त्यस्ता समस्या परेको खण्डमा कमाइ र खर्चबारे पति पत्नीले हिसाब गर्ने र खर्चमा मितव्ययिता अपनाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?