मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् शरीर शीतल राख्ने पाँच फल

काठमाडौँ– देशैभर तापक्रम बढ्दो क्रममा छ । तराईका क्षेत्रमा ‘लु’ चल्दा जनजीवन नै प्रभावित भएको छ ।

तर केही फलफूलको नियमित प्रयोग गरेर यस समय शरीरलाई शीतलता प्रदान गर्न सकिन्छ । यी फलफूलले गर्मी हटाउने मात्रै होइन, मानिसलाई स्वस्थ र निरोगी राख्न पनि मद्दत गर्छन् । 

किवी : गर्मीमा शीतल दिलाउने अर्को फल किवी हो । यसका अनेक फाइदा छन् । छाला स्वस्थ्य राख्ने, राम्रो निद्रा लगाउने, कब्जियत नियन्त्रण गर्नेलगायत कार्यमा यो सहयोगी हुन्छ । 

खरबुजा : यसमा पानीको मात्रा प्रशस्तै हुन्छ । त्यस्तै, यो निकै स्वादिलो पनि हुन्छ । गर्मीमा हाइड्रेटेड र शीतल रहनका लागि यो राम्रो विकल्प हुन सक्छ । यसले खाना पचाउन पनि सहयोग गर्छ । 

नरिवल : नरिवलको पानीले शरीरलाई शीतल राख्छ । त्यस्तै, नरिवलको टुक्रामा प्रशस्तै मात्रामा फाइबर हुन्छ । यसले कब्जियत हटाउन, डाइबिटिज नियन्त्रण गर्न, छाला स्वस्थ्य राख्न, रोगप्रतिरोधी क्षमता बलियो बनाउन सहयोग गर्छ । 

काँक्रो : काँक्रोले पनि शरीर शीतल गराउँछ । यसमा पनि पानीको मात्रा प्रशस्तै हुन्छ । पाचन प्रणाली बलियो बनाउन, तौल नियन्त्रण, छाला राम्रो राख्न, ब्लडप्रेसर नियन्त्रण गर्न यो प्रभावकारी मानिन्छ । शरीरका विकारलाई बाहिर निकाल्न पनि यसले सहयोग गर्छ । 

भूइँकटहर : यसमा प्रशस्तै मात्रामा पोषक तत्त्व हुन्छ । स्वास्थ्यका लागि पनि यो राम्रो मानिन्छ । पाचन प्रणाली बलियो बनाउन, शरीरमा पानीको मात्रा पुर्‍याउन, तौल नियन्त्रणलगायत यसका धेरै फाइदा छन् । यो निकै स्वादिलो पनि हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?