काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा राजस्थानले लखनउलाई ७ विकेटले पराजित गरेको हो । लखनउले दिएको १९७ रनको लक्ष्य पछाएको राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
राजस्थानका लागि कप्तान सन्जु सामसनले सर्वाधिक ७१ रन बनाए भने ध्रुव जुरेलले ५२ रन बनाएका थिए । त्यसैगरी जोस बटलरले ३४ र यशस्वी जैसवालले २४ रन बनाएका थिए ।
यसअघि पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । लखनउका लागि कप्तान केएल राहुलले सर्वाधिक ७६ रन बनाए भने दिपक हुडडाले ५० रन बनाएका थिए ।
यो जितपछि राजस्थानको ९ खेलमा ८ जित र एक हारसहित १६ अङ्क भएको छ र अङ्कतालिकामा शीर्ष स्थानमा रहेको छ । त्यसैगरी लखनउको भने ९ खेलमा ५ जित र ४ हारसहित १० अङ्क रहेको छ र अङ्क तालिकामा चौथो स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया