मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बालेनको कविता सङ्ग्रह ‘अश्र’ बजारमा

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर तथा र्‍यापर बालेन्द्र साह (बालेन) को कविता सङ्ग्रह ‘अश्र’ सार्वजनिक गरिएको छ । उनको जन्मदिनको अवसर पारेर बुकहिलले उक्त कविता सङ्ग्रह आज (शनिवार) बाट बजारमा ल्याएको हो ।

मेयर बालेनले पनि आफ्नो कविता सङ्ग्रहबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । कविता सङ्ग्रहमा एक सयभन्दा बढी लामा र छोटा कविता रहेको जनाइएको छ ।

उक्त पुस्तकको मूल्य ६६६ रुपैयाँ रहेको छ । बालेनले यसअघि पनि सामाजिक सञ्जालमार्फत कविताहरू पोस्ट गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?