मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘गाउँ आएको बाटो’ को प्रदर्शन मितिमा हेरफेर

काठमाडौँ–  फिल्म ‘गाउँ आएको बाटो’ जेठ २५ गते प्रदर्शन गरिने भएको छ । यसअघि तय गरिएको मितिभन्दा एक सातापछि प्रदर्शन गरिने भएको हो ।

यो फिल्म सेभेन सिज इन्टरटेनमेन्टले प्रदर्शनका लागि खरिद गरेको हो । यो फिल्म नेपाल र विदेशमा एकसाथ प्रदर्शन गरिने जनाइएको छ ।

विश्वका विभिन्न महोत्सवमा सहभागिता जनाएको यो फिल्ममा दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रशान राईको शीर्ष भूमिका छ । नविन सुब्बाले निर्देशन गरेको ‘गाउँ आएको बाटो’ मा दुर्गम गाउँमा सडक पुगेपछि देखिएको परिवर्तनको कथालाई प्रस्तुत गरिएको छ ।

फिल्ममा खानुमा राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?