मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनमोल र जसिता अभिनित ‘फर्की फर्की’ को शीर्ष गीत रिलिज (भिडियो)

काठमाडौँ– अभिनेता अनमोल केसी र जसिता गुरुङको शीर्ष भूमिका रहेको फिल्म ‘फर्की फर्की’ को गीत सार्वजनिक गरिएको छ । युट्युबमार्फत आज (शनिवार) सो गीत सार्वजनिक गरिएको हो ।

टाइम ट्राभलमा आधारित भनिएको यो फिल्मको केही समयअघि ट्रेलर रिलिज गरिएको थियो । सो ट्रेलरले दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

सार्वजनिक गरिएको गीतमा रोमन बज्राचार्य र निखिता थापाको स्वर रहेको छ । भिडियोमा अनमोल र जसितालाई रोमान्टिक मुडमा फिचर्ड गरिएको छ ।

रोहित अधिकारीको ब्यानरमा निर्माण गरिएको यो फिल्ममा अनमोल र जसिताका अलावा रवि काफ्ले र समृद्धि अर्यालको समेत शीर्ष भूमिकामा अभिनय छ ।

सुयोग गुरुङले निर्देशन गरेको यो फिल्म आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?