मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मण्डला नाटकघरमा ‘टिकट टु हलिउड’

काठमाडौँ – मण्डला नाटकघरमा ‘टिकट टु हलिउड’ नाटक मञ्चन भइरहेको छ ।

युवाहरूले देश छाड्न गरिरहेको सङ्घर्ष, यसको कारण, विदेश पुग्ने लहर लगायतका विषयलाई समेटेर सागर खातीले निर्देशन गरेको नाटकमा मिलन कार्की, सुदिप खतिवडालगायतको अभिनय छ  । 

विदेशिने युवाको विषयलाई नाटकमा ल्याउने तयारी गरिरहँदा बालकुमारीमा घटेको घटना पश्चात् झनै गम्भीर भएर काम गरेको निर्देशक खातीले बताए।

“नाटकमा समकालीन समाजका गम्भीर विषयलाई हास्य शैलीमा देखाइएको छ, आफूसँग थिएटर गरिरहेका साथी तथा गुरुहरू पलायन भइरहँदा यो विषयमा केही गरौँ भन्ने झनै लागेको हो, देखासिकी र लहरले मानिसलाई कुन हदको समस्यामा पुर्‍याइरहेको छ, भन्ने देखाइएको छ”, निर्देशक खातीले भने ।

सोमबारबाहेक साताको प्रत्येक दिन यही वैशाख २३ गतेसम्म नाटक मञ्चन गरिने मण्डला नाटकघरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?