मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महोत्तरी एकडाराकी उपाध्यक्ष सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा


महोत्तरी – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकडारा गाउँपालिका कि उपाध्यक्ष महजवी खातुन सहित ६ जना विरुद्ध शुक्रबार विशेष अदालत काठमाडौँमा आरोप-पत्र दायर गरेको छ ।

पालिकाको वडा न.१ अन्तर्गतका शाखा सडकहरू ढलानको लागि  विनियोजन गरेको रकम हिनामिना गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानासमेतको सजाय हुने माग दाबी गर्दै आरोप-पत्र दायर गरेको हो ।

आर्थिक वर्ष २०७९/०८० को उक्त योजनामा उपाध्यक्ष सहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौँ) महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सब-इन्जिनियर सञ्जय कुमार मण्डललाई दोषी ठहर गर्दै अख्तियारले ८ लाख ६५ हजार १ सय ४५ बिगो जरिवाना समेत माग गरेको छ ।

  सडक ढलान योजनाको खरिद प्रक्रियामा तयार गरिएको गुणस्तर सम्बन्धी मापदण्ड अनुसार नभएको,  गुणस्तर नै चेकजाँच नगरी सम्झौता बमोजिमको कार्य सम्पन्न भएको भनी गलत नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

त्यसैगरी अख्तियारले पालिकासँग सम्झौता गरेर गुणस्तरीय काम नगर्ने मनरासिस्वाको निर्माण कम्पनी जानकी कन्स्ट्रक्सनका सञ्चालक राकेश कुमार रायलाई पनि दोषी ठहर गरेको छ ।

पालिकासँग सम्झौता गरेर गुणस्तरहीन काम गर्दा पनि फर्जी प्रतिवेदन बनाई भुक्तानी लिएको ठहर गर्दै उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम सजाय र बिगो समेत जफतको माग गर्दै राय विरुद्ध आरोप-पत्र दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?