मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नरिवलको तेल प्रयोग गर्नुहोस् हुन्छन् यस्ता फाइदा

नरिवलको तेल संसारकै सबैभन्दा स्वस्थ खाद्यपदार्थ भएको अनुसन्धानले समेत   प्रमाणित गरेका छन्। यसमा तीन प्रकारका विशेष फ्याट्टी एसिड हुन्छन् ।

जसलाई क्याप्रिलिक एसिड, लौरिक एसिड र क्याप्रिक एसिड भनिन्छ । नरिवलको तेलको ६२ प्रतिशत तैलीय पदार्थ यी तीन स्वस्थकर फ्याट्टी एसिडले बनेका हुन्छन्  । यसका फाइदाहरू यस प्रकार रहेका छन् ।

–मुटुको रोग र उच्च रक्तचाप रोकथाम गर्छ 
नरिवलको तेलमा प्राकृतिक स्याचुरेटेड फ्याट बढी हुन्छ । यसले स्वस्थ कोलेस्टेरोल ९एचडील० बढाउनेमात्र होइन, खराब कोलेस्टेरोल ९एलडिएल० लाई स्वस्थ कोलेस्टेरोलमा परिवर्तन गर्न सहयोग गर्छ । यसबाट मुटुको रोग र उच्च रक्तचापको समस्याबाट रोकथाम हुन्छ ।

–अल्जाइमरको प्राकृतिक उपचार 
कलेजोले यसको एसिड पचाउँदा केटोन भन्ने तत्त्व निस्कन्छ, जसले दिमागलाई ऊर्जा प्रदान गर्छ । यसो गर्दा ग्लुकोजबाट शक्ति पैदा गर्न इन्सुलिनको आवश्यकता पर्दैन । अध्ययनहरूबाट के पत्ता लागेको छ भने दिमागले आफ्नै इन्सुलिन पैदा गर्छ । अल्जाइमरका रोगीको दिमागले आफ्नै इन्सुलिन पैदा गर्न सक्दैन । नरिवलको तेलबाट प्राप्त हुने केटोनले दिमागलाई आवश्यक पर्ने वैकल्पिक ऊर्जा  पैदा गर्न मद्दत गर्छ । 

–मिर्गौला स्वस्थ राख्छ 
नरिवलको तेलमा मुत्राशय तथा मिर्गौलालाई स्वस्थ राख्ने क्षमता हुन्छ । यस्तै, यसले कलेजोमा क्षति पुग्नबाट समेत जोगाउँछ ।

–आर्थराइटिसबाट जोगाउँछ
 भारतमा भएको अध्ययनले नरिवलको तेलले अन्य आधुनिक औषधिभन्दा आर्थराइटिसलाई प्रभावकारी रूपमा निको पार्न सहयोग गर्ने देखाएको थियो ।

–क्यान्सर रोकथाम गर्छ 
यसले क्यान्सरसँग लड्न पनि सहयोग गर्छ । स्मरण क्षमता बढाउँछ । सन् २००४ मा भएको अध्ययनले नरिवलको तेलमा पाइने एसीड स्मरण क्षमता बढाउनमा उपयोगी भएको पाइएको थियो ।

–छालाको समस्या समाधान गर्छ
यसले अनुहार सफा राख्नुका साथै मोस्चराइजरको काम गर्छ । साथै छालाका धेरै समस्या समाधान गर्न पनि सहयोग गर्छ ।

–तौल घटाउँछ
विभिन्न अध्ययनहरूले नरिवलको तेलले तौल घटाउन सहयोग पुर्‍याउँने देखाएका छन् । सन् १९८५ मै गरिएको एक अध्ययनले नरिवलको तेलसहितको क्याप्रिक एसिडको इन्जेक्सनले मुसाहरूमा तीव्र रूपमा तौल घटेको पाइएको थियो ।

–ब्याक्टेरिया मार्छ
नरिवलको तेलमा पाइने आधा जति फ्याटी एसिड लौरिक एसिड हुन्। यो एसिडले ब्याक्टेरिया, भाइरस, फन्जाईलाई मार्छ । यसलाई शरीरमा लगाउनाले यस्ता ब्याक्टेरिया मर्छन्।

–बेड रुममा पनि प्रयोग गर्न सकिन्छ
यो स्वास्थ्यका लागि फाइदाजनक त हुन्छ नै । यसलाई बेड रुममा छर्कनाले मानिसको यौन जीवनमा सकारात्मक महसुस गराउँछ । यो एन्टी फंगल र एन्टी ब्याक्टेरियल भएकाले यसले सङ्क्रमणबाट पनि बचाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?