मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जितु र नीति ‘ज्वाइँ साब’को वर्कसपमा

काठमाडौँ – कलाकार जितु नेपाल र अभिनेत्री नीति शाह फिल्म  ‘ज्वाइँ साब’को वर्कसपमा जोडिएका छन् । 

रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको यो को वर्कसप धमाधम चलिरहेको छ ।

फिल्मको वर्कसपमा मुख्य कलाकार जितु नेपाल, नीति शाह, विल्सन विक्रम राई, हिमेश पन्त लगायत छन् । मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् ।

फिल्मको शीर्ष भूमिकामा जितु नेपाल देखिँदै छन् भने  फिल्मलाई लिएर शाह पनि उत्साहित छिन् ।

राज कुमार पण्डितको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मको छायाङ्कन वैशाखको अन्तिम साताबाट सुरु हुनेछ । काठमाडौँ बाहिरका विभिन्न लोकेसनमा यो फिल्म खिचिने निर्माताले बताएका छन् । 

सविन अधिकारीको कथा र शंकर धितालको पटकथा तथा संवाद रहेको यो फिल्मको प्रदर्शन मिति तिहारमा पक्का गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?