काठमाडौँ – कलाकार जितु नेपाल र अभिनेत्री नीति शाह फिल्म ‘ज्वाइँ साब’को वर्कसपमा जोडिएका छन् ।
रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको यो को वर्कसप धमाधम चलिरहेको छ ।
फिल्मको वर्कसपमा मुख्य कलाकार जितु नेपाल, नीति शाह, विल्सन विक्रम राई, हिमेश पन्त लगायत छन् । मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् ।
फिल्मको शीर्ष भूमिकामा जितु नेपाल देखिँदै छन् भने फिल्मलाई लिएर शाह पनि उत्साहित छिन् ।
राज कुमार पण्डितको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मको छायाङ्कन वैशाखको अन्तिम साताबाट सुरु हुनेछ । काठमाडौँ बाहिरका विभिन्न लोकेसनमा यो फिल्म खिचिने निर्माताले बताएका छन् ।
सविन अधिकारीको कथा र शंकर धितालको पटकथा तथा संवाद रहेको यो फिल्मको प्रदर्शन मिति तिहारमा पक्का गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया