मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

श्रीमान् श्रीमतिबीच हुनसक्ने रुममेट सिन्ड्रोम के हो ?

श्रीमान् श्रीमती अथवा अन्य रोमान्टिक सम्बन्धमा पनि भावनात्मक कमी हुन सक्छ ।

उनीहरुबीच शारीरिक सम्बन्ध निर्माण समेत बिस्तारै कम हुँदै जान्छ तर परिवार वा समाजको दबाबका कारण उनीहरू अलग हुन सकेका हुँदैनन्। हो यसैलाई भनिन्छ रुममेट सिन्ड्रोम ।

उनीहरू एकै छतमुनि हुन्छन्। सँगै खानपिन हुन्छ । काम, खर्च र घरको जिम्मेवारी पनि आधा–आधा गर्छन् । बाहिरबाट हेर्दा राम्रो जोडीका रूपमा देखिन्छन् तर, भित्रभित्रै सम्बन्धमा दरार बढ्छ र एक समय त बोझका रूपमा लिन थाल्छन् । यसलाई मनोविज्ञानका भाषामा ‘रूममेट सिन्ड्रोम’ भनिन्छ ।

विभिन्न कारणले सम्बन्धमा यसको प्रवेश हुन्छ । यो प्रवेश गरेदेखि नै जोडीको सम्बन्धमा नकारात्मक प्रभाव पर्न थाल्दछ । भागदौडपूर्ण जीवनशैलीमा सम्बन्धमा प्रेम र साथ कम हुँदै गइरहेको छ । त्यसैले यो समस्या पनि बढ्दो देखिन्छ। 

‘रूममेट सिन्ड्रोम’कुनै पनि सम्बन्धमा अचानक आउँदैन । पार्टनर्सहरुले लामो समयसम्म जब सम्बन्धमा तिक्तता राख्छन्, बिस्तारै समस्या सिर्जना हुन्छ  जसलाई ‘रिलेशनशिप फटिग’अर्थात सम्बन्धमा थकान पनि भनिन्छ ।

यदि सम्बन्धमा प्रेम र लगाव पूरै सकियो भने यस्तो सम्बन्ध नुहुनु नै राम्रो हुन्छ । तर सामाजिक, आर्थिक, सांस्कृतिक र निजी कारणले मान्छेहरू भावनात्मक दूरीका बाबजुद पनि सम्बन्धमा पूर्णविराम लगाउने दिशामा मान्छेहरू बढ्दैनन् । विवाहित जोडीहरू ‘रूममेट अप्रोच’को बाटो अपनाउँछन्। 

उनीहरू मात्र रुममेटका रूपमा सँगै हुन्छन्। एक समयपछि यसलाई नै सम्बन्धको नियति ठान्छन् । सँगै बस्नु, खानु, उठबस गर्नु सबै हुन्छ तर भावनात्मक लगाव र स्नेह हुँदैन । यस्तो अवस्थामा सम्बन्धमा जीवनभर रहन पनि सक्छ ।

सम्बन्धमा बोझ वा निरस बनाउने रुममेट सिन्ड्रोम केही पलको इग्नोरेन्सबाट पनि शुरु हुन सक्छ । कुनै पार्टनर कुनै कुरासँग रिसाएर दोस्रोसँग कुराकानी कम गर्न सक्छ र नजरअन्दाज गर्दै जान सक्छ ।

यसले बिस्तारै जोडीलाई रुममेट सिन्ड्रोमतर्फ धकेल्दै लैजान सक्छ । रुममेट सिन्ड्रोमको असर सम्बन्धमा जीवनभर रहन सक्छ । तर यसको सुरुवात एउटा सानो नजरअन्दाज काफी हुन्छ ।

सम्बन्धमा रुममेट सिन्ड्रोम आउने कारण

–साथमा क्वालिटी टाइम नबिताउनु, शारीरिक निकटताको कमी

–पार्टनरसँग कम कुराकानी वा कुराकानी नै नगर्नु

–पार्टनर्सबीच कम्युनिकेशन ग्याप अर्थात् आपसी समझदारीको अभाव

–पार्टनर्सबीचको बुझाइमा फरक पर्नु वा एक- अर्काप्रति शङ्का बढ्नु र भरोसा घट्नु

–एक पार्टनरको सम्बन्धभन्दा बाहिर अर्कैसँग भावनात्मक निकटता बढ्नु

–झगडाका कारण एक–अर्कालाई नजरअन्दाज गर्नु  

–यौन चाहनाको कमी हुँदै जानु

–व्यक्तिगत जीवनलाई लिएर चाहिने भन्दा बढी शतर्क हुनु । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?