मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो भेगन डाइट ?

भेगन डाइट भनेको त्यस्तो डाइट हो, जहाँ माछामासु, अन्डा मात्र होइन, पशुपक्षीको कुनै पनि उत्पादनको अंश हुँदैन । यो भनेको विशुद्ध शाकाहारी हो । यस किसिमको डाइटमा गाईको दूधसमेत वर्जित छ ।

किनभने गाईको दूध प्रकृतिले उसकै बाछोका लागि दिएको हो, मान्छेको लागि होइन भन्ने उनीहरूको मान्यता रहन्छ । यसरी प्रकृति वा पशुपक्षीसँग भावनात्मक रूपमै एकाकार भएर फरक किसिमको खानेकुरा तयार गर्नुलाई भेगन डाइट भनिन्छ ।

यो डाइटमा अण्डा, मासु, डेरी प्रडक्ट लगायत सबै प्रकारका पशुजन्य उत्पादनलाई भोजन, कपडा तथा अन्य कुनै उद्देश्यका लागि वञ्चित गरिएको छ । मानिसहरू विभिन्न कारणले भेगन डाइटलाई फलो गर्छन् । यसको मुख्य कारण पर्यावरण प्रतिको चिन्ता वा पशुपक्षीप्रतिको माया पनि एक विशेष कारण हुनसक्छ । तथापि, यसको विभिन्न स्वास्थ्य लाभ पनि छन् ।

भेगन डाइटका प्रकार

फलफूल, सागसब्जी, अन्न, ड्राइफ्रुट लगायतका वनस्पतिबाट उत्पन्न हुने खाद्यान्न तथा विभिन्न बिउमार्फत उत्पादन हुने आहार होल फुड भेगन डाइट अन्तर्गत पर्दछ । काँचो फल, सागसब्जी, नट्स, बीउ वा बोटविरुवा खाद्य पदार्थमा आधारित एक शाकाहारी आहार हो । जो १ सय १८ डिग्री तापमानमा पकाइन्छ ।

अर्को एक किसिमको भेगन डाइटमा एभोकाडो जस्ता बोसोयुक्त फललाई सामेल गरिन्छ । साथै उच्च कार्वनयुक्त फलफूल पनि भेगन डाइटकै एक अंश हो । यसमा आलु, चामल, मकै आदि पर्दछ ।

किन खाने भेगन डाइट ?

अहिले स्वास्थ्य जीवनका लागि शाकाहारी भोजन लिनुपर्छ भनिन्छ । शाकाहारी भन्दा पनि विशुद्ध खानेकुरा हो, भेगन । भेगन डाइट लिनुको विभिन्न फाइदा छन् । यसले मन र शरीरलाई शान्त बनाउँछ ।

यसको सेवनले शरीरको तौल सन्तुलित रहनुका साथै शरीरलाई आवश्यक सम्पूर्ण पोषक तत्त्व यी फाइट फलो गर्नाले प्राप्त हुने गर्छ । यसको सेवन मुटु रोग, उच्च रक्तचाप, तथा क्यान्सर जस्ता रोगको जोखिम कम हुने गर्छ । यसको सेवनले पाचन तन्त्र दुरुस्त रहने भएकोले पनि भेगन डाइट हामी सबैको लागि एक राम्रो विकल्प हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?