मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोबाइललाई प्रतिस्थापन गर्न सक्ने एआई पिन के हो ?

काठमाडौँ– मोबाइल फोन मानव जीवनको लागि अत्यावश्यकीय वस्तु बनिसकेको छ । अहिले धेरै जसो काम गर्न हामीलाई मोबाइल नै चाहिन्छ । 

तर पछिल्लो समय प्रविधिमा भइरहेको तीव्र परिवर्तनसँगै नयाँ डिभाइसहरू आइरहेका छन् । जसमध्ये एक हो वेयरेवल एआई पिन  जसले स्मार्टफोनले गर्ने धेरै कामहरू गर्न सक्छ । आज हामी तपाइलाई यसकै बारेमा जानकारी दिँदै छौ ।

वास्तवमा एआई पिन, ओपनएआईको जीपीटी फोर मोडेलद्वारा सञ्चालित एक वेयरेवल कम्प्युटर हो । यस्को विकास सन फ्रान्सिस्कोस्थित प्रविधि कम्पनी ह्युमनले गत वर्षको नोभेम्बरमा लन्च गरेको थियो । 

सानो तथा हलुका उपकरण एआई पिनलाई कपडामा टाँस्न सकिने अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् । यो डिभाइसले सेन्सर, पोजेक्टर्स र एआई प्रविधिको मद्दतले प्रयोगकर्ताहरूले खोजेका सुविधा प्रदान गर्न सक्ने बताइएको छ । 

यो एक एआईमा आधारित स्क्रीनलेस वेयरेबल डिभाइस हो । यो उपकरणमा क्यामरा, माइक्रोफोन र एक्सेलेरोमिटर समेत कयौँ प्रकारका सेन्सर जडान गरिएको जनाइएको छ । 

यस पिनबाट फोन तथा म्यासेज गर्न पनि सकिने बताइएको छ । यसका साथै एआई पिनबाट गीत सुन्न, र स्मार्ट होम डिभाइसलाई कन्ट्रोल गर्न पनि सकिन्छ । 

यो एआई पिन एक्लिप्स, लुनार र इक्विनक्स गरी तीन भ्यारिएन्टमा उपलब्ध छ । जुन अहिले अमेरिकामा मात्रै प्रयोगमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?