मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘बुद्ध चरित्रको मन बनाउन ध्यान आवश्यक’

काठमाडौँ– बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल)ले बुद्ध चरित्रको मन बनाउन ध्यान आवश्यक रहेको बताए ।

बिहीवार काठमाडौंस्थित तामाङ भवनमा भएको ५ दिने ध्यान ‘व्यवहारमा करुणा’ साधना सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै उनले मनलाई एकतृत बनाउन ध्यान आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘मन एकदम चन्चल हुन्छ । जसलाई एकत्रित बनाउन ध्यानले सहयोग पुर्‍याउँछ ।’

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको सहयोगमा भएको कार्यक्रममा प्रशिक्षक ङावाङ खेन्रब शेर्पाले ध्यानको यो प्रथम चरण रहेको सुनाए ।

ध्यानका विभिन्न चरणहरु भएको सुनाउँदै उनले यसमा बिस्तारै सिक्दै जानुपर्ने सहभागीहरुलाई सुझाव दिए ।
करुणा नेपालका सोनाम लामाले यो ५ दिनको ध्यान साधना उपलब्धिमूलक रहेको बताए ।

यसैगरी ध्यानमा सहभागी सरु डिम्डुङले ध्यानले मनलाई एकात्रित बनाउन ज्ञान मिलेको बताइन् । यस्तै ध्यान गरिसकेपछि सीमा तामाङले अनुभव सुनाउँदै भनिन्,‘ध्यानले आज मलाई जति मन एक ठाउँमा रहन सिकायो त्यो कुरा समाज र मैले काम गर्ने क्षेत्रमा लागु गर्ने प्रयास गर्नेछु ।

’करुणामा ध्यान साधनामा करिब ५ दर्जन बौद्ध धर्मका अनुयायीहरुको सहभागिता रहेको थियो ।
समापन समारोहमा सबै सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएकाे थियाे ।

कार्यक्रममा राष्ट्रिय महिला तथा बालबालिका परिषदका सदस्य इन्दिरा योन्जन, समितिका कर्मचारीहरु सन्जु योङ्ग्या, लक्ष्मी रुम्बा, म्हारसाङ तामाङ र पत्रकार लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?