मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बालबालिकाको पोषणलाई प्राथमिकतामा राख्न आग्रह

ललितपुर – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बालबालिकाको पोषण कार्यक्रममा सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिएकी छिन् ।

आज यहाँ आयोजित पोषणसम्बन्धी एक कार्यशालामा उनले बालबालिकामा पोषणको धेरै ठूलो महत्व रहेको र स्वस्थ बालबालिका नै मुलुकको भविष्य भएकाले पोषणका कार्यक्रमहरुमा प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइन् । डा. राणाले आगामी बजेटमा पनि पोषणलाई प्राथमिकतामा राखेर बजेट बढाउनुपर्ने माग गरे ।

उनले भनिन्, “पोषण सबैका लागि महत्वपूर्ण छ अझ बालबालिकामा यसको झन ठूलो महत्व छ । जब एउटा सानो बच्चा जन्मिन्छ, पेटदेखि नै हामीले पोषणमा ध्यान दिएनौँ भने हाम्रो देशका नागरिक कस्तो हुन्छन् ? अहिले मात्रै होइन भविष्यमा पनि उनीहरुको स्वास्थ्यमा यसले निकै असर गर्न सक्छ । उनीहरुको भविष्य कस्तो हुन्छ भन्ने कुरा पनि पोषणका कारण हुनसक्छ । त्यसैले राज्यले नै यस विषयमा गम्भीर भएर सोच्नुपर्छ ।

उनले पोषणजस्तो महत्वपूर्ण एवं बालबालिकाको स्वास्थ्यसँग जोडिएको संवेदनशील विषयलाई राज्यले प्राथमिकतामा पार्नका निम्ति स्थानीय तहदेखि नै नीतिगत व्यवस्था र पहल हुनु जरुरी रहेको बताउँदै यस विषयमा सरकारको विशेष रणनीति हुनुपर्नेमा जोड दिइन्।

रणनीति तथा नीति नै बनेपछि पनि कार्यान्वयन इमान्दारिताका साथ हुनुपर्नेमा सभापति डा. राणाको जोड थियो । अहिले विभिन्न रणनीति रहेको भए पनि त्यसको कार्यान्वयनमा इमान्दारिता र प्रभावकारिता नरहेको उनले बताइन् । उनले भनिन्, “म अहिले कृषि क्षेत्रमा बजेट बढाउनुपर्छ भन्ने अभियानमा छु । कृषि पोषणसँग पनि सम्बन्धित रहेकाले यी दुवै क्षेत्रमा नेपाल सरकारले हेर्नुपर्यो, आवश्यकताअनुरुप नै बजेट हुनुप¥यो ।”

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण महिला विकास र एकता केन्द्रद्वारा आयोजित पोषणमैत्री स्थानीय शासन अभियानसम्बन्धी सो राष्ट्रिय परामर्श कार्यशालामा वर्ल्ड भिजन इन्टरनेशनल नेपालकी राष्ट्रिय कार्यकारी निर्देशक रोजिलिन गावरिलले पोषणमैत्री स्थानीय शासनको उद्देश्य, कार्यक्रमको पृष्ठभूमिका बारेमा जानकारी गराएका थिए। उनले हाल यो कार्यक्रम छ वटा प्रदेशका १६ जिल्लाका ५० पालिकाभित्रका दुई सय ७५ वटा वडामा लागू भइरहेको जानकारी गराए ।

ग्रामीण महिला विकास तथा एकता केन्द्रका राष्ट्रिय निर्देशक डा. कृष्णकुमार श्रेष्ठले मानिसको सामाजिक व्यवहार परिवर्तन नगरी पोषणमा सुधार ल्याउन नसकिने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?