मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी गर्न सकिन्छ ग्यास्ट्रिकको आयुर्वेदिक उपचार

पेट दुख्ने, पोल्न अम्लपित्त बढ्ने समस्या छ भने तपाईलाई ग्यास्ट्रिक भएको हुनसक्छ । आम नेपालीले ग्यास्ट्रिक भनेर बुझेपनि यो समस्यालाई चिकित्सकीय भाषामा ग्यास्ट्राइटिस भनिन्छ ।

ग्यास्ट्रिकको लक्षण यस्ता छन्

– छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु
– पेट पोल्नु
– भोक हराउनु
– अम्लपित बढ्नु
– मुख बिग्रिनु
– पेट भारी हुनु
– रिंगटा लाग्नु
– टाउको दुख्नु
– पेट फुल्नु

यी बाहेक ग्यास्ट्रिकको समस्या भएका व्यक्तिहरुमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउऔढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण पनि देखिन्छ ।

ग्यास्ट्रिकलाई सामान्य रुपमा लिएर वेवास्ता गर्नु हुँदैन । ग्यास्ट्रिकले अल्सर भएमा यसको पिडाले मानिसलाई जीवनभर सताउँछ ।
व्यायाम तथा प्राकृतिक उपचारः
– अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगाभ्यास, सूर्य नमस्कार जस्ता व्यायाम ग्यास्ट्राइटिसमा उपयोगी हुन्छन् ।

– बज्रासन, पवनमुक्ताशन, सर्वांङआसन, मत्स्यन्द्र, भुजंग, उदारकर्श र धनुराशन, ताडाशन, त्रियकताडाशन जस्ता आसनविधि, अनुलोमविलोम, शीतली, सित्करी, वामनासिका श्वासन जस्ता विधिले पनि यस रोगमा फाइदा पुर्यााउछ । तर रोगको अवस्था गम्भीर छ भने यी विधिहरू पालना गर्नुसट्टा चिकित्सकको परामर्श लिनुपर्छ ।

– जलनेती (नाकको सफाइ) कुन्जल (पेटको सफाइ), एनिमा (ठूलो आन्द्राको सफाइ), शंखप्रक्षालन (सम्पूर्ण पाचन प्रणालीको सफाइ) जस्ता उपचार पद्धतिले ग्यास्ट्राइटिस समनमा ठूलो सहयोग पुर्यापउँछ ।

– पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो(हेपेटिकप्याक, नौली तथा गणेश क्रियाको अभ्यास, अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि ग्यास्ट्राइटिसमा राम्रो गर्छ।

– शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि योगासन, योगनिद्रा, माइन्ड साउन्ड टेक्निक, ध्यान विधिको अभ्यास गर्नुपर्छ ।

– सकारात्मक चिन्तनलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ ।

– सातामा एकपटक सम्पूर्ण शरीरको मालिस तेल अभ्यंग, बाष्पस्नान, सउना, फोहरा स्नान, तैरनु, पौडनु र प्राकृतिक दृश्यमा रम्ने बानी गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?