मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘पूर्णबहादुरको सारंगी’मा जोडिए प्रकाश सपुत 

काठमाडौँ – फिल्म ‘पूर्णबहादुरको सारंगी’मा गायक प्रकाश सपुत अनुबन्धित भएका छन् । निर्माताका रूपमा रहेको अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले यो फिल्ममा विजय बराललाई यसअघि नै अनुबन्ध गरिसकेको छ । 

यो सूचीमा गायक समेत रहेका प्रकाश पनि जोडिएपछि एउटा लाइन अप तयार भएको हो ।  प्रकाशको भूमिका बारे नखुलाइए पनि सेभेन सिजले प्रेषित गरेको विवरण तस्वीरमा सपुतलाई सारंगी बजाइरहेको लुक्समा देख्न सकिन्छ । 

फिल्मलाई ‘वेलकम टु हेम्जाकोट’ फेम्ड सरोज पौडेलले निर्देशन गर्दै छन् । यो कथानक फिल्मले बाउ छोराको भावनात्मक यात्राको कथा भन्छ । विजयले बाउको भूमिका चित्रण गर्दै छन् । छोराको पात्र तय हुन बाँकी रहेको कास्टिङ निर्देशक केदार श्रेष्ठले बताए ।

कथा महेश दवाडीले लेखेका छन् । फिल्मलाई जेठको सातादेखि बागलुङमा छायांकन गर्ने तयारी छ । यो फिल्ममार्फत ‘भ्वाइस अफ नेपाल सिजन ५’ का प्रतिस्पर्धी प्रशान्त सिवाकोटीले संगीत निर्देशकको रूपमा डेब्यु गर्दै छन् । फिल्मलाई २०८२ सालमा रिलिज गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?