काठमाडौँ – केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ आजबाट प्रदर्शनमा आएको छ । सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अभिनेत्री केकी अधिकारी शीर्ष भूमिकामा छिन् ।
८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा आधारित रहेर निर्माण भएको यो फिल्ममा सुपला सापकोटा, श्वेच्छा राउत, रमा थपलिया, सुलक्षण भारती, सुष्मा निरौला, सबिन बास्तोला, जीवन बराल लगायतको अभिनय फिल्ममा छ ।
महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म बनेको हो । सोसल–थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजको कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् ।
केकीकै होम प्रोडक्शनबाट निर्माण भएको फिल्मको निर्मातामा बद्री अधिकारी छन् भने कार्यकारी निर्माता राज घिमिरे हुन् । नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने फिल्मलाई अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने योजना केकीको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया